सम्भावित कोरोनाको तेस्रो लहरः २० प्रतिशत बालवालिका कोरोना वार्ड बनाउने निर्णय – Dastabej

सम्भावित कोरोनाको तेस्रो लहरः २० प्रतिशत बालवालिका कोरोना वार्ड बनाउने निर्णय


  • दस्तावेज

  • नेपालगन्ज ।कोरोना संक्रमणको तेस्रो लहर छिटै आउन सक्ने र त्यसबाट बालवालिकाहरु बढी प्रभावित हुनसक्ने भन्दै बाँकेमा त्यही अनुसारको पुर्ब तयारी गर्न थालिएको छ । बिश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको तेस्रो लहरमा बालवालिकाहरु बढी प्रभावित हुने चेतावनी दिएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेले बालवालिकालाई लक्षित गरी भेन्टीलेटर, आईसीयुसहित कोरोना वार्डहरु जिल्लाभरीका स्वास्थ्य केन्द्रहरुमा बनाउने निर्णय गरिएको छ । त्यस्तै, आवश्यक पर्ने जनशक्तिका लागि बालरोग बिशेषज्ञा चिकित्सकहरुसंग छलफल तथा परामर्श दैनिकजसो भइरहेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्दा कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष शिवराम गेलालले डब्लुएचओ र स्वास्थ्य मन्त्रालयले दिएको निर्देश अनुसार बालवालिकालाई लक्षित गरी पुर्ब तयारी गरिएको बताउँछन् । ‘पहिलो र दोस्रो चरणमा बालवालिकाका लागि छुट्टै वार्ड बनाइएको थिएन । त यस पल्ट भने बालवालिका बढी प्रभावित भनिएकाले त्यही अनुसार वार्ड बनाइएको छ,’ उनले भने,‘निजी अस्पतालहरुलाई पनि बालवालिका लागि कम्तिमा २० प्रतिशत वार्ड बनाउनु भनेर निर्देशन दिएका छौँ ।’
    यसअघि भेरी अस्पतालमा अक्सिजनसहित १४२ कोरोना वार्ड थियो । दक्षिण तर्फ नयाँ भवन निमार्णको काम अन्तिम चरणमा पुगेको छ । उक्त नयाँ भवनको तल्लो तलामा एक सय बेड थपिने तयारी गरिएको छ । त्यस्तै, पालिकाहरुमा यसअघि बनाइएका आइसोलेसन सेन्टर र क्वारेन्टाईनलाई फेरि पनि पुर्नजिवित गर्ने निर्णय गरिएको छ । बा“केका ८ स्थानीय सरकारले आफ्नै क्वारेन्टाईन र आइसोलेसन बनाएका थिए । त्यतिमात्रै होईन पालिकाका वडा कार्यालयहरुले पनि अक्सिजनसहितको आइसोलेसन बनाएका थिए । नेपालगन्ज उपमहानगरपालिकाले बाँके बगियास्थित भवनमा आइसोलेसन सेन्टर बनाएको थियो । ‘वडा, पालिकाहरुमा यसअघि बनाइएका सबै आईसोलेसन पुनः बनाउने निर्णय भएको छ । त्यसका लागि स्थानीय सरकारहरुसंग समन्वय भएको छ । उहाँहरु तयार पनि हुनुहुन्छ,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने,‘आइसोलेसन तयारीसंग आवश्यक पर्ने जनशक्तिका बारेमा पनि छलफल भइरहेको छ । निजीस्तरबाट सन्चालन भएको शिक्षण अस्पताल नेपालगन्जले पनि कोरोना संक्रमण फैलिएको बेला एक सय बेडको वार्ड बनाएको थियो । कोरोना संक्रमण नियन्त्रणमा आएको भन्दै उक्त अस्पतालले कोरोना वार्ड बन्द गरेको छ ।
    भेरी अस्पताल नेपालगन्जका कोरोना स्रोत व्यक्ति तथा वरिष्ठ फिजिसीयन डा.संकेत रिसालले डब्लुएचले दिएको गाईडलाईन अनुसार तयारी गरिएको बताए । उनले कोरोना संक्रमित बालवालिकाहरुको उपचारका लागि बालरोग बिशेषज्ञा आवश्यक पर्ने भएकाले बाँकेमा रहेका सम्बन्धित चिकित्सकहरुसंग परामर्श गरिरहेको बताए । ‘भेरीमा हामीसंग १४२ बेड छँदैछ, अक्सिजनसहितको । दोस्रो लहरजस्तै भयाबह रुपमा कोरोनाको महामारी फैलियो भने नयाँ भवनमा बेड प्रसस्त थप्न मिल्छ,’ उनले भने,‘आवश्यक पर्ने मेडिकल उपकरण र औषधिहरु बारे पनि छलफल भइरहेको छ ।’ कोरोनाको संक्रमण नियन्त्रणमा आएको भन्दै बाँकेमा सावधानी अपनाउन छाडिएको छ । जसका कारण संक्रमण बढ्न थालेको छ । जिल्ला आपतकालिन सन्चालन केन्द्रका अनुसार बिहिबार १५९ जनाको पीसीआर परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ११ हजार ३ सय ९८ को एन्टीजेन परीक्षण गर्दा २७८ मा संक्रमण देखिएको छ ।

  • १५ श्रावण २०७८, शुक्रबार ०६:२८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु