लुम्बिनी प्रदेशमा सांसद तानातान, जसपाकी सांसद ढेंगापछि सांसद विमला पार्टीको सम्पर्क बाहिर - Dastabej

लुम्बिनी प्रदेशमा सांसद तानातान, जसपाकी सांसद ढेंगापछि सांसद विमला पार्टीको सम्पर्क बाहिर


  • दस्तावेज

  •  

    नेपालगन्ज । केन्द्रमा कांग्रेस माओबादी सत्तामा पुगेपछि लुम्बिनी प्रदेशमा सरकार गठनलाई लिएर सत्ता पक्ष र विपक्षी गठबन्धनबीच सांसद तानातानको अवस्था सृजना भएको छ । जनता समाजवादी पार्टीकी सांसद पुरमति ढेंगा हराएको भन्दै प्रहरीमा उजुरी परेको केही दिनपछि लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री वली पार्टीको सम्पर्कमा नरहेको माओवादी केन्द्रले जनाएको छ । विपक्षी गठबन्धनले सत्ता पक्षले प्रलोभन र दबाबमा सांसदहरुलाई पार्ने गरेको आरोप लगाउँदै आएको छ ।
    माओबादी केन्द्रको शनिबार हुने संसदीय दलको वैठकमा सहभागी हुन तीन दिन अघिदेखि सम्पर्क गर्दा विमला सम्पर्कमा नआएकी हुन । मुख्यमन्त्री शंकर पोखरेललाई जसपा महन्ठ ठाकुर पक्षका तीन सांसदले सरकार सघाएका थिए । तर उनीहरुको सांसद पद खोसिएपछि पोखरेल नेतृत्वको सरकार धरमरमा परेको छ । तर मुख्यमन्त्री पोखरेलले भने विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीले माओवादी केन्द्र छाडेर एमाले रोजेको शंका गरिएको छ ।
    माओवादी केन्द्रका सांसद ईन्द्रजित थारुले सरकार अल्पमतमा परेकाले सरकार टिकाउन विमलालाई सरकारी पक्षले दबाब र प्रलोभनमा पारेर एमालेमै फर्काएको हुनसक्ने शंका जनाएका छन् । दाङमा भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट चुनाव जितेकी विमलाले सर्वोच्चको फैसलाले नेकपा खारेज भएपछि माओवादी केन्द्र रोजेकी थिइन् । प्रदेश सभा बैठकमा पनि उनी माओवादी केन्द्रकै लहरमा बस्दै आएकी थिइन् । एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसद वली आफ्नै पार्टीको भएकाले आफूहरुसँगै रहेको र कतै नगएको दावी गरे ।

    ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा एमालेका ३८ सांसद मात्र छन् भने विपक्षी गठबन्धनमा ४१ मत छ । प्रदेशमा नयाँ प्रदेश प्रमुख आएसँगै विपक्षी गठबन्धन विशेष अधिवेशनको समावेदन गरी मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा छ ।

  • १६ श्रावण २०७८, शनिबार ०८:५७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार