महाकाली नदीमा युवक बेपत्ता घटनाः भारतीय पक्षद्धारा अस्वीकार, तर तुईन सन्चालक भन्छन्, मेरै आँखा अगाडि एसएसबीले तुईनको डोरी झिक्दा घटना भयो – Dastabej

महाकाली नदीमा युवक बेपत्ता घटनाः भारतीय पक्षद्धारा अस्वीकार, तर तुईन सन्चालक भन्छन्, मेरै आँखा अगाडि एसएसबीले तुईनको डोरी झिक्दा घटना भयो


  • दस्तावेज

  • धनगढी । भारतीय पक्षले महाकाली नदीमा तुुइनबाट युुवक जयसिंह धामी खसेर बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै उक्त दाबी गरेका हुन् । तर महाकाली नदीमा तुईन सन्चालन गर्दै आएका कल्यानसिंह धामीले तुईनबाट महाकाली नदी तरिरहेका जयसिंह नदीको बीचमा पुगेको बेला एसएसबीले तुईनको डोरी झिकेको आफ्नै आँखाले देखेको बताएका छन् । मालघाटमा तुइन तार्ने काम गर्दै आएका कल्यानसिंह धामीले जयसिंह तुइन तरिरहेका बेला एसएसबीले डोरी झिकेको  बताउँछन् ।

    कल्यानसिंह धामीले देखेको दृश्य जस्ताको तस्तै :

    महाकाली नदीमा तुुइनमार्फत व्याँसबासीलाई ओहोरदोहोरा गराउन थालेको २१ वर्ष पुगिसक्यो । म प्रायजसो बिहान ७ बजे घरबाट निस्कन्छुु र साँझ अबेरमात्रै घर फर्किन्छु । शुुक्रबार बिहान करिब सवा ७ बजेको हुँदो हो । खाजा खाएर मालघाटमा तुुइन भएको ठाउँमा पुग्दा चार जनाको समूूह मलाई कुरिरहेको थियो । व्याँसकै गौरसिंह धामी, अमरसिंह धामी, मनिराम धामी र बहादुरसिंह धामी सदरमुुकाम खलंगा आउने प्रतीक्षामा थिए । मैले सुरुमा उनीरुलाई तारेँ । उनीहरु पछि जयसिंह धामी, बिक्रम रंगोली र अनिता धामी तुइनको प्रतीक्षामा थिए । जयसिंह नातामा मेरो मामा पर्छन् । म जयसिंह धामीलाई तुुइनबाट तारिरहेको थिएँ । सो क्रममा पारीपट्टीबाट दौडेर दुुई जना एसएसबी आउँदै गरेको देखेँ ।

    मामा (जयसिंह) नदीको बीच भागमा पुपुुगेका मात्र के थिए, माथिबाट नदीको किनारमा पुुगेको एक जना एसएसबीले घाटमै आएर रुखमा बाँधेको तुुइनको डोरी निकाल्न थाल्यो । मैले मान्छे छ डोरी ननिकाल्नुुस् भनेर इसारा गरेँ, तर उनीहरुले बेवास्ता गरे । मामा( जयसिंह) पारीपट्टी पुुग्नै लागेका बेला एसएसबीले डोरी निकालेपछि लछारिएर उहाँ महाकालीको भेलमा खस्नुुभयो । डोरी निकालेपछि एसएसबी भागिहाल्यो । करिब ३० सेकेण्डसम्म मामाले नदीमा टाउको देखाउँदै हुनुुहुुन्थ्यो । हामीले इसाराले छेउतिर जानुुस् भन्दै थियौँ तर नदीको भेलले उहाँलाई एकछिनमै लिएर गयो ।

    हामी निरीह भएर त्यो कारुणिक दृष्य हेर्न विवश भयौं । एसएसबीले हामीलाई गाली गर्ने, कुुटपिट गर्ने, धम्क्याउने काम वषौँदेखि गरिरहेकै थियो । २१ वर्षको अवधिमा पहिलो पटक एसएसबीले कल्पना नै नगरेको अमानवीय घटना हामीमाथि घटाएको छ ।एक हप्ता अगाडि पनि एसएसबीले तुुइन निकालेको थियो तर शुुक्रबारको जस्तो अमानवीय व्यवहार देखाएको थिएन । मामाले रोजगारीको खोजीमा काठमाडौँ जादैछुु भाञ्जा भन्नुुभएको थियो तर एसएबसीका कारण भाइबहिनी टुुहुरा भए ।हामीमाथि भारतीय ज्यादती कहिलेसम्म ? महाकाली नदीमा पुुल नबन्दा हामी व्याँसबासीले यसरी नै अकालमै मृत्युुवरण कहिलेसम्म गर्नुुपर्ने हो ? पुुल निर्माणका लागि वषौँदेखि दबाब दिदै आयौँ । शिलान्यास भएको तीन वर्ष बितिसक्यो अहिलेसम्म काम अधुरै छ । ठेकेदारले अलपत्र पारेका छन् । अब सरकारले चाडै पुुल निर्माण गरिदिनुुप¥यो । हिजोको घटनाका कारण आजदेखि मैले पनि नदीमा तुुइन लगाउन छोडिदिए । पुुल छिटो निर्माण गरिदिनुुप¥यो भन्ने हाम्रो माग छ । (अनलाईन खबरका लागि जनक विष्टसँग गरेको टेलिफोन कुराकानीमा आधारित)

  • १७ श्रावण २०७८, आईतवार ०७:२६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ