बाँके । कोहलपुर नगरपालिका वडा नं ९ मा एम्बुलेन्सले ठक्कर दिँदा करिव ४५ बर्षीय पुरुषको मृत्यु भएको छ । उनको सनाखत हुननसकेको कोहलपुर प्रहरीले जनाएको छ । लायन्स क्लब अफ नेपालगञ्जको भे १ च ५८६ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।