नेपालगन्ज— बुद्ध एयरले सातामा ३ दिन उडान गर्ने गरी आइतबारदेखि नेपालगन्ज–पोखरा हवाइ उडान सुरु गरेको छ । पोखराबाट जहाज चढेर आएका पहुनाहरुको नेपालगन्ज व्यवसायी र पर्यटनकर्मीहरुलाई नेपालगन्ज बिमानस्थलमा स्वागत गरेकाथिए ।
साताकोआइतबार, बुधबार र शुक्रबार नियमित सिधा हवाई उडान हुने जनाइएको छ । नेपालगन्ज पोखरा उडानले यहाँ पर्यटनले फडको मार्ने विश्वास गरिएको छ । यसअघि नेपालगन्ज आउनका लागि पोखराका पर्यटकहरु काठमाडौं जाने र त्यहाँबाट जहाज चढेर यहाँ आउनु पर्ने बाध्यता थियो । हाल उडान भइरहेको जहाज १८ सिट क्षमताको १९०० डी बीच क्राफ्ट हो । पोखराबाट नेपालगन्जका लागि बिहान ९–१० बजे र नेपालगन्जबाट पोखरा १० बजे जहजा उडेको थियो ।एकतर्फी उडानको समय ३५ मिनेट रहेको जनाईको छ । भाडादर भने ७ हजार ६ सय ३५, ५ हजार ५ सय ३५ र सस्तोमा ४ हजार ९ सय ३५ रुपैयाँ तोकिएको छ । यसअघि सीता एअरले गत फागनु ७ देखि लकडाउन हुने बेलासम्म सातामा दुई दिन चार्टर उडान गर्दै आएको थियो ।