खोप लगाउन जानेक्रममा कर्णाली नदिमा डुंगा पल्टिदा १० दिने बालक र आमासहित तीन बेपत्ता, १ को मृत्यु - Dastabej

खोप लगाउन जानेक्रममा कर्णाली नदिमा डुंगा पल्टिदा १० दिने बालक र आमासहित तीन बेपत्ता, १ को मृत्यु


  • दस्तावेज

  • कैलाली। खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका ४ का स्थानीय सवार काठको डुंगा कर्णाली नदीमा पल्टिदा १० दिने बालकसहित ३ बेपत्ता भएका छन् । उनीहरु आईतबार दिउँसो १२ बजे उक्त घटना भएको हो । डुंगा पल्टिँदा २२ वर्षीया धनसरी सलामीको मृत्यु भएको हो । कर्णाली नदीमा बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका ३ की २० वर्षीया पार्वती थापा, २० वर्षीया उर्मिला सलामी मगर र उनको १० दिनको छोरा रहेको प्रहरीले जनाएको छ । डुंगामा १० जना सवार थिए । डुंगा पल्टिदा मोहन्याल ३ की धनसरा सलामी मगर र उनकै १ महिनाको छोरा कर्ण घाइते भएका छन् । अन्य पाँच जना सकुशल उद्दार गरिएको े प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १९ वर्षीया धनसराको अवस्था गम्भीर छ । घटनास्थलमा कैलालीको सुगरखाल र सुर्खेतको बाबियाचौरबाट प्रहरी टोली खोज तथा उद्धार कार्यमा खटिएको छ ।

     

  • १७ श्रावण २०७८, आईतवार १५:४८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ४. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा