नेपालगन्ज । फर्जी बील भर्पाईको भुक्तानी नियन्त्रण गर्न खोज्दा पर्सागढी गरपालिकाका लेखा अधिकृत (सातौं तहं) का रामकुमार कुशवाहलाई महालेखा नियन्त्रण कार्यालयमा फिर्ता पठाइएको भन्दै मुलुकभरीका सहकर्मीहरुले तिब्र बिरोध जनाएका छन् । निमित्त प्रमुख प्रशासकिय अधिकृत भरतप्रसाद यादवले पत्राचार गरी महालेखा नियन्त्रणमा फिर्ता पठाएका हुन । स्थानीय तहमा रातदिन खटिने इमान्दार कर्मचारीहरुलाई सनकका भरमा फिर्ता पठाउने प्रबृति गलत रहेको मुलुकभरीका लेखाअधिकृतहरुले जनाएका छन् । उनीहरुले आईतबार एक संयूक्त बिज्ञप्ती जारी गर्दै समायोजन मार्फत बलपुर्बक स्थानीय तहमा कर्मचारी पठाउने, अत्यन्तै कनिष्ठ कर्मचारी कर्मचारी पठाएर बरिष्ठ कर्मचारीको मनोबल गिराउने काम अबिलम्ब बन्द गर्न माग गरेका छन् । उनीहरुले लेखाअधिकृत कुशवाहलाई तत्काल हाजिर गराउन माग गरिएको छ ।