नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार सार्वजनिक गरेको अभिलेख अनुसार मुलकभरी थप २,५६८ जनामा कोरोना ङ्क्रमण पुष्टि भएको र १८ को मृत्यु भएको छ । १२,६३६ जनाको पीसीआर र एन्टेजीन परीक्षण गर्दा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको हो । ४,२३४ जनाको एन्टिजन र अन्यको पीसीआर परीक्षण गरिएको थियो । नेपालभरी आईतबारसम्म ७ लाख ५९ हजार संक्रमित भइसकेका छन् भने मृतकको सङ्ख्या ९,८७५ पुगेको छ।