साईकलबाटै महाकाली मेची यात्रामा निस्के ५६ वर्षीय शाह – Dastabej

साईकलबाटै महाकाली मेची यात्रामा निस्के ५६ वर्षीय शाह


  • सतीश निरौला

  • नेपालगन्ज । खजुरा गाउँ पालिकाका स्थायी बासिन्दा ५६ वर्षीय तेजबिक्रम शाह सोमबार आजदेखि महाकाली मेची साइकल यात्रामा निस्केका छन् । वातावरण को क्षेत्रमा काम गर्ने सस्था एन्प्रोक बाँके का अध्यक्ष समेत रहेका उनको दैनिक जीवनमा साइकल अति नै महत्वपूर्ण सवारी साधन बन्न पुगेको छ।साइकल स्वास्थ्य र वातावरणका हिसाबले उपयुक्त भएकोले दुई बर्ष अघिबाट नियमित साइक्लिङ्ग्मा जोडिएका हुन । साइकल यात्रालाई उनले कोभिड १९ बाट जीवन गुमाउनेहरु प्रति समर्पित गरेको जनाएका छन् ।

    साइकल यात्रा का बिषयमा साइकिलिस्ट तेज बिक्रम शाहले बताए अनुसार उहाँ ले सुदुरपश्चिमकाृ महाकाली नदीको दोधारा चाँदनीबाट यात्रा सुरु गरी मेचीको मेचिपुलमा पुगेर यात्रा समापन हुने छ। बाँके जिल्लाबाट यसरी महाकाली मेची साइकल यात्रा गर्ने शाह पहिलो साइक्लिस्ट समेत बनेका छन् । उनले हरेक दिनको यात्रा समापन आफू पुग्ने गाउँ र शहरको कुनै चोकमा कोरोनाबाट मृत्युु भएका सम्पुर्ण नेपालीजनको सम्झना र शान्ति का लागि श्रद्धाञ्जली सभा गर्ने र कोभिड १९ का बारे सचेतना मुलुक सन्देश समेत प्रवाह गर्ने बताएका छन् । त्यसैगरी उहाँको यो साइकल यात्रा को अर्को सन्देश र उदश्य साइकल वातावरण मैत्री सवारी साधन हो र यसको जतिसक्दो प्रयोग गरे वातावरण संरक्षण मा योगदान पुर्याउन सकिन्छ भन्ने समेत रहेको छ। साथसाथै साइकलको चेनबाट एकैसाथ महाकाली र मेचीलाई भावनात्मक रूपमा जोड्न साइकल यात्रा कोशेढुङ्गा साबित हुन सक्ने बिश्वास साइकल यात्री शाहको छ।
    एकैदिन नेपालगन्जबाट महेन्द्रनगरसम्म पुगेका र नेपालगन्ज मै एकैदिन मा २६० किलोमीटरको साइकल यात्रासहित नेपालगन्ज साइक्लिङ्ग क्लबले आयोजना गरेको टुर दि ठाकुरद्वार, कोरा लगायत का साइक्लिङ् का इभेन्टमा समेत सहभागिता जनाइ सकेका शाह नेपालगन्ज साइक्लिङ्ग क्लब आबद्धसमेत छन् । श्रावण १८ गते शुरु भै ११ दिन मा टुङ्गिने साइकल यात्राको पहिलो दिन शाह दोधारा चादनी पुलबाट टिकापुरसम्मको १३५ किलोमीटरको साइकल यात्रा गरी विश्राम गर्ने छन् भने दोश्रो दिन टिकापुरबाट नेपालगन्ज सम्मको ८० किलोमीटरको साइकल यात्रा पछि नेपालगन्जमा बस्ने छन् ।

    तेस्रो दिन नेपालगन्जबाट लमही १२७ किलोमीटर यात्रा गर्ने लक्ष्य छ । चौथो दिन लमहीबाट चन्द्रौटा सम्मको ६० किलोमीटर यात्रा तय गरिएको छ । पाँचौ दिन चन्द्रौटाबाट बुटवलसम्मको ९५ किलोमीटर यात्रा पछि बुटवल मा विश्राम, छैटौं दिन बुटवलबाट कावासोती सम्मको ८५ किलोमीटर यात्रापछि कावासोतीमा विश्राम गर्ने छन् । सातौं दिन कावासोतीबाट हेटौंडा सम्मको १०६ किलोमीटर यात्रा गर्ने लक्षय छ । आठौं दिन हेटौंडाबाट लालबन्दी (सर्लाही) १०४ किलोमीटर यात्रा गर्ने शाहले बर्ताका छन् । ९ औं दिन लालबन्दीबाट बर्दिबास सम्म १३० किलोमीटरको यात्रापछि बर्दिबास विश्राम, दशौ दिन बर्दिबासबाट कोशी ब्यारेज सम्म १२६ किलोमीटर यात्रा पुरा गरी कोशिब्यारेजमा विश्राम र ११ औं दिन कोशिब्यारेज देखि मेचिपुल सम्मको १३० किलोमीटर यात्रा पुरा गरि श्रावण २८ गते साइकल यात्रा मेची पुलमा पुगेर समापन हुने छ । महाकालीदेखी मेचीसम्म को शाहसिक र जिवनभरको यादगार साइकल यात्रा मा निस्केका तेजबिक्रम शाह लाई सफल साइकल यात्रालाई बाँकेबासीले शुभकामना र शुभेच्छा दिएका छन् ।

  • १८ श्रावण २०७८, सोमबार ०६:२४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर