राजविराज — आइतबार साँझ चोरी भएको छिन्नमस्ता भगवतीको मुकुट मानसिक रुपमा अस्वस्थ रहेका राजेशकुमार मण्डलसंग सोमबार भेटिएको छ । मण्डललाई प्रहरीले विष्णुपुर गाउँपालिका ५ मझाउ गाउँबाट मुकुट सहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधव काफ्लेका अनुसार मण्डलसम्म मुकुट कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ ।
मन्दिरका पीठाधीश महाकान्त ठाकुरका अनुसार सफाइका क्रममा नभेटिएपछि मुकुट चोरी भएको जानकारी प्रहरीलाई दिइएको थियो । मुकुट ८ सय ५० ग्राम तौलको छ ।