एजेन्सी । नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा न्यायिक हिरासतमा छन् । राज पक्राउ परेपछि उनको बिषयमा आइरहेका विभिन्न खबरमा नायिका शिल्पा सेट्टीको नाम पनि जोडिएको छ । राज पक्राउ परेपछि सामाजिक संजालदेखि मिडियामा शिल्पालाई ट्रोल गरिएको छ । उनलाई तथानाम गाली पनि गरिएको छ । शिल्पाले आफ्नो मानहानी भएको भन्दै २९ विभिन्न संस्थाका विरुद्ध २५ करोडको मानहानीको मुद्दा समेत दायर गरेकी छिन् ।