काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक छुट्टाछुट्टै बसेको छ । अध्यक्ष ओलीतर्फको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे बैठक बोलाइएको थियो । नेपाल पक्षको बैठक भने वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा शुरु भएको छ । ओली पक्षले महाधिबेशन तयारी, सदस्यता नविकरणका साथै पार्टी एकताका लागि छलफल भइरहेको छ । ओली पक्षले पार्टी एकता भन्दै बैठक लम्बाउँदै गएको छ । नेपाल पक्षले आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको जेठ २७ दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन ।