काठमाडौं । कांग्रेस नेतृत्वको सरकारले मन्त्री परिषद विस्तार गर्न नसकेको आलोचना भइरहेका बेला सोमबार माधवकुमार नेपाल र जनमोर्चाबाहेकका गठबन्धनमा रहेका पार्टीका नेताहरुबीच बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको बताइएको छ ।