बाँसगढीमा वडास्तरीय बालअधिकार समिति गठन सुरु – Dastabej

बाँसगढीमा वडास्तरीय बालअधिकार समिति गठन सुरु


  • दस्तावेज

  • बर्दिया । वाँसगढी नगरपालिकाले वडा नं.२, ३ र ४ मा वडास्तरीय बालअधिकार समिति गठन भएकोे छ । बालमैत्री स्थानीय शासन तथा बालअधिकार संरक्षण विधेयक २०७७ अनुसार नगरपालिकाका सबै वडामा र समिति गठन गर्ने निति छ । समिति गठनका लागि थारु महिला उत्थान केन्द्र वर्दियाले सहयोग गरेको छ । बालअधिकार समिति नवडा २ मा वडाध्याक्ष घमण्ड चन्द, वडा नं. ३ का प्रेमराज पौडेल र वडा नं. ४का रजमान चौधरी संयोजक र वडा सचिव समितिको सदस्य सचिव रहका छन् । समितिमा वडाका निर्वाचित सदस्यवाट १ जना, वडामा रहेको विद्याालय व्यावस्थापन समिति वाट १, वडामा रहेको स्वास्थ्य सस्थावाट १, महिला स्वास्थ्य कार्यकर्ता वाट १ , वडामा बालबालिकाको क्षेत्रमा कार्यरत सस्थावाट १, वडा स्तरीय बालक्लव संजालवाट १ एक बालिकासहित २, आदिवासी जनजाती, दलित समुदयको प्रतिनिधित्व हुनेगरी १ महिलासहित २ जना गरी समिति गठन गरिएको हो ।

    त्यसैगरी अन्य वडामा पनि समिति गठन गर्ने लक्ष्य छ रहेको सस्थाका अनुगमन तथा मुल्याङ्कन अधिकृत तेजमणि पन्तले जानकारी दिए । महिला बालबालिका शाखा वाँसगढीको समन्वयमा गरिएको उक्त कार्यक्रममा बालअधिकार समितिका संयोजकहरुले सस्थालाई धन्यवाद दिदै नगरपालिकाको कार्यविधि अनुसार वडाले गर्नुपर्ने सुझाव दिए । थारु महिला उत्थान केन्द्र वर्दियाले सकृय परीयोजना (बालश्रम शोषण न्यूनिकरणका लागि सामाजिक कार्य अन्र्तगत ईट्टाभट्टामा कामगर्ने बालश्रमीकहरुलाई घट्ना व्यावस्थापनको माध्यमवाट आवस्यकता पहिचान गरी समाधाको बाटो खोज्दै आएको सस्थाका सामाजिक परामर्शकर्ता कल्पना नेपालले जानकारी गराईन ।

     

     

  • १८ श्रावण २०७८, सोमबार १७:३८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु