काठमाडौँ — नेतृत्व तहसँग मनमुटाव भएपछि अखिल नेपाल फुटबल संघ -एन्फा_ का प्रवक्ता किरण राईले सोमबार राजीनामा दिएका छन् । उनले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा बुझाएका हुन । नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको विषयलाई लिएर एन्फामा चर्को विवाद छ ।