नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको अभिलेख अनुसार २४ घण्टामा २३ जनाको मृत्यु भएको छ भने थप ३,१२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । १३,८११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको छ । ३,१९८ जनाको परीक्षण एन्टिजन विधिबाट र अन्यको पीसीआर गरिएको थियो । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ६२ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,८९८ पुगेको छ।