काठमाडौं । न्याय सेवा आयोगले १८ जिल्ला न्यायाधीश पदपूर्तिको तयारी सुरु गरेको छ । उसले पदपुर्तिका लागि मंगलबार विज्ञापन प्रकाशित गरेको छ । खुलातर्फ ५, आन्तरिकतर्फ ९, महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट ११ जना न्यायाधीशमा पदपुर्ति गर्न लागेको हो । नेपालको संविधानको धारा १४९ को उपधारा २ को खण्ड (ख) र (ग) बमोजिम न्यायाधीश पदपुर्तिका लागि बिज्ञापन गरेको आयोगले जनाएको छ।