१७३ छात्राहरुलाई मंगलबार साईकल – Dastabej

१७३ छात्राहरुलाई मंगलबार साईकल


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ । सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ छात्राहरुलाई मंगलबार साईकल हस्तान्तरण गरिएको हो । उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षाविद किरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्ती लगायतले विद्यार्थीहरुलाई साईकल हस्तान्तरण गरे । नगरप्रमुख राणाले उपमहानगरपालिकाले छात्रा विद्यालय सन्चालन गरेको र छात्रा कलेज सन्चालनको तयारीमा लागेको जानकारी दिए ।

    कन्या विद्यालय पछिल्लो समय नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरिरहेको छ । गरिव तथा विपन्न समुदायका अधिकाँश बालिकाहरु विद्यालयमा अध्ययनरत रहेका छन । साईकल प्राप्त गरेपछि विद्यालय आवतजावतमा सहजता हुने अपेक्षा गरिएको उपप्रमुख थापा मगरले जानकारी दिनुभयो । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विपन्न छात्रहरुलाई साईकल वितरण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि १६८ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई पनि साईकल सहयोग गरेको थियो ।

  • १९ श्रावण २०७८, मंगलवार १२:२५ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश