अत्याधुनिक हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय पक्राउ – Dastabej

अत्याधुनिक हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज । अत्याधुनिक हतियारसहित नेपाल प्रवेश गरेका दुई भारतीय नागरिकलाई दांग प्रहरीले पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर पञ्चायत वडा न. ३ का करमुल्हाल आमिर र राजा खाँनलाई गढवागाउ पालिका १ जुरौली देउखुरीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुबाट अत्याधुनिक पेस्तोलसहित दुईवटा म्याग्जीन र दुई राउन्ड गोली पनि बरामद गरिएको छ ।

    उनीहरूलाई जिप्रका दाङबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुकी करिब ५ बजेतिर पक्राउ गरेको हो । उनीहरू हतियार बेच्न नेपाल आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूलाई पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेले जानकारी दिएका छन् । प्रहरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

  • १९ श्रावण २०७८, मंगलवार १३:२४ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश