मेलम्ची खानेपानी आयोजनाः कहालीलाग्दो क्षति, काठमाण्डूमा कसरी होला पानी आपूर्ति – Dastabej

मेलम्ची खानेपानी आयोजनाः कहालीलाग्दो क्षति, काठमाण्डूमा कसरी होला पानी आपूर्ति


  • दस्तावेज

  • मेलम्चीमा बाढी र पहिरोले अकल्पनीय क्षति पुर्‍याएको अधिकारीहरूले बताएका छन् राजधानी उपत्यकामा खानेपानी आपूर्तिको जिम्मा पाएको निकाय काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अहिले बिलखबन्दको अवस्थामा छ।फाल्गुन १० गतेबाट मेलम्ची नदीको पानीलाई अस्थायी बाँध बनाएर काठमाण्डूमा ल्याइएपछि केयूकेएलका अधिकारीहरू सबैभन्दा खुसी देखिन्थे। वर्षौँदेखि पानीको हाहाकार झेलिरहेका उपत्यकावासीको मुहार पनि केही उज्यालो भएको थियो। तर त्यो खुसी चार महिनापनि टिकेन। “अब अहिले त हामीलाई मेलम्चीका अधिकारीहरूले प्रयास गरिरहेको बताइरहेका छन्। तर पानी आपूर्ति नहुन्जेल सम्म हामी केही भन्न सक्ने अवस्थामा छैनौँ,” केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बीबीसीलाई बताए।  असारको सुरुमै केयूकेएलले उपलब्ध पानीको स्रोतबाटै बाँडफाँट गर्नेगरी तालिका बनाउनुपर्‍यो।

    एकपछि अर्को धक्का

    असार १ गते बिहान प्राविधिक निरीक्षणका लागि मेलम्चीको सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न थालिएको थियो।  उक्त कार्य झन्डै दुई महिनामा सम्पन्न गरेर त्यसपछि स्थायी रूपमा काठमाण्डूवासीको तिर्खा मेट्ने बताइएको थियो।

    ड्रोनबाट लिइएको मेलम्ची आयोजना अन्तर्गतको हेडवर्क्स भएको स्थानको तस्बिर

    तस्बिर स्रोत,MELAMCHI WATER SUPPLY DEVELOPMENT BOARD तस्बिरको क्याप्शन, ड्रोनबाट लिइएको मेलम्ची आयोजना अन्तर्गतको हेडवर्क्स भएको स्थानको तस्बिर

    तर त्यही राति सिन्धुपाल्चोकमा आएको बाढीले अम्बाथानस्थित ‘हेडवर्क्स’ भनिने व्यवस्थित पानी पसाउन बनाइएको संरचनावरपर व्यापक क्षति पुर्‍यायो।अनि फेरि साउन १६ गते पुन: लेदो गेगरानसहितको भेल आएपछि अब दुई दशक समय अनि ३५ अर्ब रुपैयाँ खर्चिएर निर्मित उक्त आयोजनाको भविष्य नै सङ्कटमा परेको विज्ञहरू बताउँछन्।

    नयाँ ट्यूबवेल र स्रोतका विकल्प

    त्यसको मारमा अब उपत्यकावासी पर्ने देखिएको छ।

    खानेपानी

    तस्बिर स्रोत,MELAMCHIWATER.GOV.NP

    तत्कालका निम्ति केयूकेएलले विभिन्न वैकल्पिक व्यवस्थाहरूमा ध्यान दिइरहेको शाक्यले बताए। “काठमाण्डू उपत्यकामा करिब १० वटा नयाँ ट्यूबवेल खनेर एक करोड लिटर पानीको जोहो गरिनेछ। त्यस्तै अब त्रिशूली, कुलेखानी तथा सिस्नेरीबाट पानी ल्याउन सकिने विषयमा अध्ययन गरिहाल्नुपर्नेछ,” उनले भने। ट्यूबवेल खन्ने, नयाँ स्रोतको खोजी गर्नेका साथै वर्षाको पानी सञ्चय गरेर प्रयोग गर्न सकिने विकल्प पनि काठमाण्डूसँग रहेको विज्ञहरूले पहिलेदेखि नै औँल्याउँदै आएका छन्।  “काठमाण्डूमा वर्षभरि पर्ने पानीको ८० प्रतिशतजति वर्षाको चार महिनामा पर्छ। त्यसलाई हामीले व्यक्तिगत, समुदायगत वा माथिल्लो तहबाट व्यवस्थित सञ्चय गर्न सकियो भने पानीको मागलाई धेरै भरथेग गर्न सकिन्छ,” वातावरणविद् भूषण तुलाधरले भने।

    स्थानीय तहहरूले व्यक्तिगत घरपरिवारलाई वर्षाको पानी सञ्चय गर्न प्रोत्साहन गर्ने नीति तथा प्राविधिक सहयोग उपलब्ध गराउन सकेमा यसले नतीजा दिने उनले बताए।  घरपरिवारलाई छतमा वा जमिनमा पानी सञ्चय गर्न सिकाउने, समुदाय तहमा परम्परागत पानी स्रोत संरक्षणमा प्रोत्साहन गर्ने अनि जलाधारहरूको संरक्षण तथा विकास गर्ने विकल्प वातावरणीय रूपमा समेत उचित हुने उनले बताए। “अझ मानिसहरूलाई पानीको उचित प्रयोग तथा पुनर्प्रयोग गर्न पनि सिकाउने हो भने यसको दीगो व्यवस्थापन हुन्छ,” उनले भने।

    माग र आपूर्तिको खाडल

    काठमाण्डू उपत्यकामा दैनिक खानेपानीको माग ४३ करोड लिटर रहेको केयूकेएलका प्रमुख कार्यकारी शाक्यले बताए।  त्यसमध्ये उसले बर्खा याममा १५ करोड लिटर आपूर्ति गर्न सकिरहेको छ भने हिउँदमा केवल आठ करोड लिटर आपूर्ति गर्न सकिरहेको छ। मेलम्ची आयोजनाबाट थप दैनिक १७ करोड लिटर पानी आउने बताइएको थियो। मेलम्चीकै अर्को चरणमा याङ्ग्री र लार्के खोला समेत मिसाएर दैनिक ५१ करोड लिटर पानी आउन सक्ने भनिएको थियो।  तर बाढीले गरेको क्षतिका कारण अब ती आयोजना कहिले बनिसक्लान् वा के होलान् भन्नेबारे स्पष्ट रूपमा भन्न सकिने स्थिति नरहेको विज्ञहरूले बताएका छन्। अवस्था स्पष्ट हुन कैयौँ साता लाग्न सक्ने बताइन्छ।Presentational white space

    महत्त्वपूर्ण घटनाक्रम

    मेलम्ची खानेपानी आयोजना निर्माण सुरु भएको झन्डै २२ वर्षमा पानी काठमाण्डू आइपुगेको थियो।

    • विसं २०२९: खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन
    • विसं २०४१: मेलम्चीसहित २२ विकल्प पहिचान
    • विसं २०४९: याङ्ग्री र लार्के समेत मिसाएर दैनिक कुल ५१ करोड लिटर पानी ल्याउन सकिने मेलम्ची आयोजना आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको ठहर
    • विसं २०५५: मेलम्ची खानेपानी विकास समिति गठन भई निरन्तर कार्य जारी
    • विसं २०६४: नेपाल सरकार र प्रमुख दाता एशियाली विकास ब्याङ्कबीच आयोजना पुनर्संरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमति। पुनर्संरचनामार्फत् आयोजनालाई दुई भागमा विभाजन – मुख्य पानी पथान्तरण कार्य विकास समितिमार्फत्, अनि वितरण तथा व्यवस्थापन कार्य काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयमार्फत् हुने निर्णय
    • विसं २०७७ फागुन २२: मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो
    • विसं २०७७ चैत १५: मेलम्चीको पानी परीक्षण वितरणस्वरूप उपत्यकावासीको धारामा
    • विसं २०७७ चैत २०: राष्ट्रपतिबाट मेलम्ची आयोजनाको उद्घाटन
    • विसं २०७८ असार पहिलो साताः बाढीबाट ठूलो क्षति
                            • बीबीसी ।
  • १९ श्रावण २०७८, मंगलवार १४:०६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु