एमालेका सांसदद्धारा दर्चुला तुईन घटनामा भारतसंग औपचारिक बिरोधको माग – Dastabej

एमालेका सांसदद्धारा दर्चुला तुईन घटनामा भारतसंग औपचारिक बिरोधको माग


  • दस्तावेज

  • काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले दर्चुलाको महाकाली नदीमा एसएसबीका जवानले तुईनको तार काट्दा जयसिंह धामी नदीमा खसेको घटनाको भारतसंग नेपाल सरकारले औपचारिक विरोध जनाउन माग गरेका छन् । उनले प्रतिनिधिसभाको बैठक शुरु भएपछि विशेष समय लिएर बोल्दै घटनास्थलमा रहेका स्थानीयले तार नकाटिदिन हारगुहार गर्दा पनि तार निकाल्दा दुःखद र अमानवीय घटना घट्न पुगेको बताए । सांसद ठगुन्नाले प्रत्यक्षदर्शीहरुको बयान र जयसिंह धामीको परिवारले किटानी जाहेरी दिंदा पनि सरकारले भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोधसमेत जनाउन नसकेको आरोप लगाए । उनले सरकारले पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुको साटो प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन गर्ने भन्दै घटना दबाउन खोजेको बताए ।

  • १९ श्रावण २०७८, मंगलवार १४:३६ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश