१४ वर्षीया किशोरी बालबाल जोगिईन, अन्टीसहित दुई पक्राउ – Dastabej

१४ वर्षीया किशोरी बालबाल जोगिईन, अन्टीसहित दुई पक्राउ


  • दस्तावेज

  • नेपालगन्ज— बाँके खजुरा गाउँपालिका वडा न. ६ की एक १४ वर्षीया किशोरी बलात्कार र भारत लैजानबाट बालबाल बचेकी छन् । उनका परिवारले समयमै उजुरी दिएका कारण महेन्द्रनगरको नेपाल भारत सीमा दोधारा चाँदनीबाट उद्दार सम्भव भएको हो । ५ कक्षा पढेर बिद्यालय छाडेकी उनलाई बिहे गर्ने प्रलोभनमा खजुराबाट महेन्द्रनगरसम्म पुर्याइएको थियो । आफ्नै भाउजुसंग विवाद गरेर रिसले चुर ति किशोरी गाउँकै अन्टीको विश्वासमा पर्दा जोखिममा परेकी थिईन । भाउजुसंगको विवादपछि गाउँकै काकी नाता पर्ने कमला बोहराको सहयोग माग्दा एक जना राम्रो केटासंग विवाह गराई दिने आश्वासन दिएकी थिईन । किशोरीले पनि घरमा किचकिचमा बस्नु भन्दा बिहे गर्न सोंचमा प्रलोभनमा परेको बताईन ।

    बोहराले ति किशोरीलाई कन्चपुर जिल्लाको दोधरा चाँदनीका २२ वर्षीय बिष्णु बादीसंग मोबाईलमा कुरा गराएर सम्पर्क गराई दिएको किशोरीको आरोप छ ।  विष्णुले आफू राम्रै परिवार भएको भन्दै दिदी लक्षमी बादीलाई लिन बाँके पठाएको खबर गरेका  थिए । ‘राम्रो केटासंग विहे होला भनेर खुसी भएर लिन पठाई दिनु भने । भोली पल्ट मलाई विहे गर्ने भनेको केटोको को दिदी लिन आईन, ति किशोरीले भनिन्,‘बिहे गर्ने प्रलोभनमा कहिल्यै नचिनको महिलासंग लागेर घर छोडे ।’ लक्षमीले उनलाई एक रात कोहलपुरको सुन्दरबस्ती भन्ने ठाउँमा राखे । भोली पल्ट दोधरा चाँदनीको एक गाउँ पु¥याइएको उनले जनाईन । उनले आफैलाई एक रात त्यही गाउँमा राखिएको बताईन । केटाले भोली पल्ट भारत घुम्न जाने भन्ने प्रस्ताव गरेकपछि ति किशोरी डराइन । उता घरबाट भागेको उनको दाजुलाई जानकारी भइसकेकाले धनौली प्रहरीमा उजरी गरिदिए । ‘केटाले झुठो बोलेको रैछ । २२ वर्षको रहेछ र राम्रो घरको हुँ भन्ने सबकुछ झुठो बोलेको रैछ । उसको घर हेरर सबै कुरा थाह पाएँ,’ किशोरीले भनिन,‘धन्न बिहे गरिन । म फसिसकेको छु लागेपछि म घर फिर्ता हुन्छु भन्दै जिद्दी गर्न थाले ।’
    किशोरीको दाईको उजुरीको आधारमा बाँके प्रहरीले खोजतलास गरेपछि उनको समयमा उद्दार भएको हो । शान्ति पुर्नस्थापना केन्द्र नेपालगन्जले दोधरा चाँदनीस्थित आफ्नो शाखामा घटना बारे जानकारी गराएपछि खोजि सहज भएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुधन न्यौपानले नबालिकालाई घिरबाट भगाउने कमला बोहरा र लक्षमी बादीलाई पक्राउ गरी जाहेरी दर्ता भई अनुसन्धान भइरहेको बताए । शान्ति पुर्नस्थापना केन्द्र नेपालगन्जका सुपरभाइजर डोलमाया गुरुङले किशोरीलाई सेल्टरमा राखेर मनोपरामर्श दिइरहेको बताईन । कानुन अनुसार उमेर नपुगेको बालवालिकाको मन्जुरीमा करणी गरेमा पनि बलात्कारको परिभाषा भित्र राखेको छ ।

  • १९ श्रावण २०७८, मंगलवार १५:२१ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु