लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध तेस्रो पल्ट अविश्वासको प्रस्ताव दर्ता, ३४ प्रदेशसभाको हस्ताक्षर – Dastabej

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध तेस्रो पल्ट अविश्वासको प्रस्ताव दर्ता, ३४ प्रदेशसभाको हस्ताक्षर


  • दस्तावेज

  • बुटवल । कांग्रेसहितका विपक्षी गठबन्धनले मंगलबार दिउँसो लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध तेस्रो पल्ट अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । गठबन्धनमा रहेका विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । अविश्वासको प्रस्तावमा ३४ जना प्रदेशसभाको हस्ताक्षर छ । यसअघि ४१ जनाको हस्ताक्षर बुझाउँदै सरकार गठनका लागि विपक्षी गठबन्धनले माग गरेको थियो । अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।
    संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावली २०७४ को नियम १४४ को उपनियम १ बमोजिम प्रस्ताव दर्ता गरिएको हो । लुम्बिनी प्रदेश सभामा हाल ८० सदस्य छन् । जसमा सत्तापक्ष एमालेका ३९ सदस्य छन् । विपक्षमा माओवादी १७ (सभामुखसहित) , कांग्रेसका १९, जसपाका ३ र राजमोका एक गरी ४० सदस्य छन् । माओवादी केन्द्रका पूर्णबहादुर घर्ती भने सभामुखको भूमिकामा छन् । सरकार बनाउन ४१ सदस्य आवश्यक पर्छ । यसअवस्थामा सत्तापक्ष र विपक्ष दुवैको सरकार बनाउने स्पष्ट बहुमत भने छैन ।

  • १९ श्रावण २०७८, मंगलवार १६:२५ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त