बागमति — धादिधादिङ जिल्लाको बेनीघाट रोराङ–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले श्रीमतिको हत्या गरी आत्मा हत्या गरेका छन् । खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायालाई उनले कोदालो र हँसिया प्रहार गरी हत्या गरेको स्थानीयले बताए । त्यसपछि आफूले डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जनाएका छन् । छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै मद्यपान गरेका थिए ।