एजेन्सी — कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनको हुबेई प्रान्तको राजधानी वुहानमा ७ जनामा कोरोना देखिएपछि १ करोडभन्दा सबैको परीक्षण गरिने भएको छ । उक्त शहरको जनसंख्या करिब १ करोड १० लाख छ ।
पछिल्लो समय केही व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो । पछिल्लो समय ७ जनामा संक्रमण पुष्टि भएको अहिलेसम्मकै बढी संक्रामक मानिएको डेल्टा भेरियन्ट भएको जनाइएको छ । कोरोना संक्रमणको एक वर्षपछि वुहानमा स्थानीय स्तरमा संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।
चीनमा पछिल्लो १० दिनमा ३ सय जनामा संक्रमण देखिएको छ ।