नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको अभिलेख अनुसार पछिल्लो २४ घण्टामा १० हजार ६३८ पीसीआर परीक्षणमा २ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ६ हजार ८० परीक्षणबाट ९३५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १६ हजार ७१८ परीक्षणमा ३ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २ हजार ९७ पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९२२ पुगेको छ ।