नेपालगन्ज । पढ्नका लागि कोठा (रुम टु रीडले) कोभिडबाट प्रभावित बालबालिकाका परिवारलाई खाद्यन्न र स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जिल्ला विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना अनुरुप प्राथमिकतामा परेकालाई सहयोग गरिएको हो । कोहलपुर नगरपालिकाका २९, बैजनाथ गाउँपालिका १०, राप्ती सोनारी १० र खजुरा गाउँपालिकाका १५ लक्षित परिवारले सहयोग पाएका छन् । सहयोग तिरणका लागि परिवारका कोही सदस्य कोभिडबाट प्रभावित रहेका वा रोजगारी गुमाएकोलगायतको सूचक राखिएको थियो । एक परिवारलाई २५ किलो सोना चामल, ५ किलो दाल, २ किलो नुन, २ लिटर तेल, ९० ग्रामको साबुन, २ केजी चिउरा, १ पकेट मास्क लगायतका समाग्री सहयोग गरेको संस्थाका वरिष्ठ फिल्डकार्यक्रम व्यवस्थापक खड्गबहादुर कुवँरले जनाए ।