अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु – Dastabej

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चार जनाको मृत्यु


  • दस्तावेज

  • एएफपी । अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । सो घटनामा चार जना मारिएका छन् । हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने थिएनन् । उनका परिवारका सदस्यहरुलाई पनि सुरक्षित तरिकाले बाहिर निकालिएको थियो ।

    यो घटनामा चार जना आक्रमणकारीको मृत्यु भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ । घटनामा ११ जना घाइते भएका छन् ।अफगानिस्तानका अलग-अलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले द्वन्द्व अन्त्यको अपिल गरेलगत्तै यो आक्रमण भएको हो ।मंगलबार राति राजधानी काबुल शहरको केन्द्र भागमा भयंकर विष्फोट भएको आवाज सुनिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरुको आवास रहेको स्थान नजिक विष्फोट भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । राष्ट्रपति भवन, दूतावासहरु, अन्तर्राष्ट्रिय मिडिया र सहायता एजेन्सीहरुको कार्यालय पनि सोही क्षेत्रमा छन् । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।

  • २० श्रावण २०७८, बुधबार ०८:२१ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु