जसले २ लाख ५० हजार भारुमा आफ्नै श्रीमति बेचे - Dastabej

जसले २ लाख ५० हजार भारुमा आफ्नै श्रीमति बेचे


  • दस्तावेज

  • बुटवल । पैसाको प्रलोभनमा परेर अर्घाखाँचीका एक युवकले आफ्नै पत्नीलाई यौनधन्दाका लागि बेचेको खुलेको छ । अर्घाखाँचीको पाणिनि गाउँपालिका–७ का २५ वर्षीय युवकले आफ्नी पत्नीलाई भारतको दिल्लीस्थित एक यौन केन्द्रमा २ लाख ५० हजार भारतीय रुपैयाँमा बेचेका हुन् । प्रहरीले उद्धार गरेपछि घटना बाहिर आएको हो । २१ वर्षीया युवतीकी एक वर्षीया छोरीसमेत छिन् । पीडितले ईकान्तिपुरकर्मीसंगको कुराकानीमा आफूले बिहान १० देखि साँझ ७ बजेसम्म यौन केन्द्रमा काम गर्नु परेको बताएकी छन् । साँझ डेरामा फर्केपछि पुनः पतिले आफ्ना सम्पर्कका मान्छेसित पठाउँथे । त्यसका लागि घरदेखि रेस्टुरेन्टसम्म पुग्नु पर्थ्यो । युवकमाथि रूपन्देही जिल्ला अदालतमा साउन १२ मा बेचबिखनविरुद्धको मुद्दा दर्ता भएको छ ।

    रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले आरोपित युवालाई पक्राउ गरिएको बताए । पीडित युवती भने माइतीको संरक्षणमा छिन् । उनको शरीरभरि कुटपिटका दाग छन् । मानसिक रूपमा समेत उनी विक्षिप्त छन् । पीडित युवतीका अनुसार पतिले एक वर्षदेखि नै पतिपत्नी सँगै दिल्ली जाने र धेरै कमाउने कुरा गरिरहन्थे । तर, उनले मानेकी थिइनन् । गत वैशाखमा छोरी बोकेर हिँडेपछि उनी पतिसँगै दिल्ली पुगेकी थिइन् । कृष्णनगरको सीमा कटेपछि पतिले मोबाइल खोसेर सबै नम्बर डिलिट गरिदिए । नेपालमा कसैसित सम्पर्क गर्न दिएनन् । दिल्ली गएपछि आफूले बेचेको कुरा सुनाए । खुरुखुरु भनेको माने डेरामा आउन र छोरीसित भेट्न दिने, नत्र आउनै नमिल्ने गरी बेचिदिने भनेर धम्काए । त्यसपछि युवती जसोजसो भन्यो त्यसै गर्न थालिन् ।

    दिनरातको यौन शोषण र यातना युवतीलाई बेहोर्नुपर्थ्यो । पछि एक जनामार्फत फोन गर्न लगाएर युवतीले बुबालाई आफ्नो अवस्थाबारे जानकारी दिएकी थिइन् । रूपन्देही प्रहरीका अनुसार युवतीका बाबुले असार २५ मा छोरी दिल्लीमा यातना पाएर अलपत्र परेको उजुरी गरेका थिए । तत्पश्चात् प्रहरीले आफन्तसहित बाबुलाई दिल्ली पठाएको थियो । आफन्तले दिल्ली प्रहरी र महिला आयोगको सहयोगमा साउन २ मा उनको डेराबाटै उद्धार गरेका थिए । युवतीलाई केही दिन भारतीय आश्रममा राखेर मात्रै नेपाल ल्याइएको प्रहरी उपरीक्षक थापाले बताए । प्रहरी अनुसन्धान अनुसार आरोपित युवा पहिल्यैदेखि मानव बेचबिखन र अवैध ओसारपसारमा संलग्न थिए । उनीविरुद्ध युवतीलाई प्रलोभनमा पारेर भारत लैजाने र बेच्ने गरेका उजुरी छन् ।

  • २० श्रावण २०७८, बुधबार १२:४६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार