रहर अनेक, साईकलबाटै मेचीमहाकाली यात्रा पूरा गर्ने साइक्लिस्ट बढ्दै – Dastabej

रहर अनेक, साईकलबाटै मेचीमहाकाली यात्रा पूरा गर्ने साइक्लिस्ट बढ्दै


  • सतीश निरौला

  • उषा तितिक्षुले पुर्वको काकरभित्ताबाट पश्चिम महाकालीसम्मको साइकल यात्रा गर्नु भएको थियो ।
    नेपालगन्ज । रहर अनेक अनेक हुन्छन् । कतिपय रहर मानिसको स्वभाव र हुर्किएको सामाजिक परिवेश अनुसारको हुन्छन् त कतिपय रहर अनौठा र नौलो हुने गर्छन् । यिनै मानवीय रहर भित्रको एउटा रहर हो साइक्लिङ्ग। साइकल आम मानिसको पहुँचमा रहेको सवारी साधन हो । अहिले बाध्यता र काम पर्दा साइकलमा ५ ।१० किलोमीटर कुद्नु पनि महाभारत नै हुने गर्छ ।तर त्यही साइकल रहर र सौखले चलाउँदा एकैदिनमा सयौंँ किलोमीटर कुदाउँदा पनि रोमान्चित बनिन्छ । अनि छुट्टै आनन्द आउँछ । यो म आफैं एक साइक्लिस्ट हुनुका नाताले गरेको स्वानुभुती हो। नेपालमा साइक्लिङ्गमा रमाउने हरु को एउटा साझा सपना हो, पुर्वपश्चिम साइकल यात्रा । चाहे त्यो मेचीदेखि शुरु गरी महाकाली पुगेर टुङ्गियोस वा महाकालीबाट शुरु गरी मेची मा सक्कियोस ।यसरी साइकलमा पुर्व पश्चिम् यात्रा गर्नेहरूको संख्या प्रत्यक बर्ष बढिरहेको छ। सन् २०१६ मा काठमाडौ कि उषा तितिक्षुले पुर्वको काकरभित्ताबाट पश्चिम महाकालीसम्मको साइकल यात्रा गर्नु भएको थियो । उहाँले यो आफ्नो साइकल यात्रा को सम्झना गर्दै केहि फोटोहरु आफ्नो फेसबुक टाइमलाइनमा समेत शेयर गर्नुभएको छ। उहाँ ले आफ्नो फेसबुक टाइमलाइनमा उल्लेख गरे अनुसार झापाको कांकरभित्ता हुँदै महेन्द्रनगरको गड्डा चौकीको यात्रा २०७३ कार्तिक २१ बाट शुरु भएर २०७४ असार १३ गते सकिएको थियो।

    दाङ घोराही उपमहानगर १५ निवासी रेशम केशीले पनि मेचीमहाकालीको साइकल यात्रा पूरा गरिसक्नु भएको छ।

    यस्तै दाङ घोराही उपमहानगर १५ निवासी रेशम केशीले पनि मेचीमहाकालीको साइकल यात्रा पूरा गरिसक्नु भएको छ। नियमित साइक्लिङ्गमा रहर राख्ने केसि दाङमा साइक्लिङ्ग कल्चर र यो अभियानलाई अगाडि बढाउने प्रमुख अभियन्ता समेत हुनुहुन्छ । २०७३ भाद्र २८ गतेदेखि शुरु गरी २०७३ असोज ११ मा उहाँ ले आफ्नो एकल साइकल यात्रा १४ दिनमा पुरा गर्नुभएको बताउनु भयो। साइक्लिस्ट रेशम केशीका अनुसार उहाँले त्यो साइकल यात्रा सबै नेपाली एक हौं भन्ने भावना ले (नेपाली विविधता शान्ति र एकता ) भन्ने मुल नारा बोकेर पूरा गर्नुभएको थियो। साइकल वातावरण मैत्री , स्वास्थ्य का लागी उपयोगी र सर्वसाधारणको समेत सहज पहुँचको सवारी भएको हुँदा साइकलको प्रयोगमा प्रोत्साहन दिने नीति गाउँदेखि केन्द्रसम्मका सरकार ले बनाउन पर्ने सुझाव उहाँको छ।

    यस्तै झापा भद्रपुर नगरपालिका ५ कि स्वेता श्रेष्ठलेसमेत मेची महाकाली यात्रा पूरा गरिसक्नु भएको छ । उहाँले यात्रा २०७७ मंसिर १० मा १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान पारेर शुरु गर्नु भएको थियो।२५ बर्षको उमेरमै स्वेताले साहसिक एकल साइकल यात्राबाट मेची हुँदै महाकाली पुग्नु भयो । किशोरी तथा महिला हरुमाथी अनेकौं घटना भैरहेको बेला एकल साइकल यात्रा पुरा गरेर झापाकी स्वेता श्रेष्ठले महिला ससक्तिकरण,महिला माथी हुने भेदभाव र महिला हिंसाका विरुद्ध पेडलिङ्ग मार्फत आवाज बुलन्द गर्नु भएको थियो। सबै छोरिहरु सहज रुपले आफुले साइकल यात्रा निस्के जस्तै रहर र इच्छाएको काम गर्न सकुन् भन्ने सन्देश प्रवाह गर्नु उहाँको मुख्य उद्देश्य थियो।उहाँले मेचीमहाकाली यात्रा २१ दिन मा २०७७ मंसिर ३० गते पुरा गरेको बताउनु भयो ।


    अर्का मेचीमहाकाली साइकल यात्रा पुरा गरेका चितवनका वास्तविक थपलियाले पनि २४ बर्षको उमेरमा नै एकल यात्रा १५ दिन मा पुरा गरेको जानकारी दिनु भयो।२०७७ पुस१२ गतेदेखि शुरु भएको थपलिया को साइकल यात्रा २०७७ पुस २६ मा सकिएको थियो। उहाँले उक्त साइकल यात्रा Sucide Free Neation भन्ने नारा बोकेर आत्महत्या रोकथाम को सन्देशसहित पुरा गरेको बताउँनु भयो । । थपलिया भन्नुहुन्छ, जिन्दगी आफैंमा साइकल को यात्रा जस्तै हो । जसरी साइकल दुबै पेडलको ब्यालेन्स मिलाएर कुदाइन्छ जिन्दगी को सफर पनि सुखदुःख , अप्ठ्यारो ( सजिलो मिलाएर अगाडि बढाए सजिलोसँग गन्तव्य भेटिन्छ ।

    बाँकेबाट महाकाली मेची यात्रा गर्ने गर्ने पहिलो साइक्लिस्टका रूपमा तेजबिक्रम शाहले यही २०७८ श्रावण १८ गतेदेखि महाकाली को दोधाराचदनी पुलबाट साइकल यात्रा शुरु गर्नुभएको छ । उहाँ को साइकल यात्रा कोभिड १९ बाट मृत्यु भएका सम्पुर्ण नेपालिजनहरु को लागी समर्पित भएको बताउनुहुन्छ । कोभिडबाट ज्यान गुमाउने नेपालिहरुप्रतिश्रद्धाञ्जली यात्राको रूपमा साइकल यात्रामा निस्किएका शाह महेन्द्रनगर , टिकापुर, बर्दिया , नेपालगन्ज हुँदै बुधबार दाङको लमही पुग्नुहुने छ। उहाँका अनुसार उहाँको साइकल यात्रा ११ औं दिनमा मेची पुलमा पुगेर समापन हुनेछ । शाहले सरकारी तथा गैरसरकारी सस्थाहरुले यो साइकल यात्रा सघाउ पुर्याएको र नेपालगन्ज साइक्लिङ्ग क्लबले यात्रा को समन्वय गरिदिएको जानकारी दिनु भयो ।

  • २० श्रावण २०७८, बुधबार १५:४४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ