आउनुस, जनचेतनाका लागि नेपालगन्ज ग्यालरीमा टिकटोक स्पर्धा गरौँ – Dastabej

आउनुस, जनचेतनाका लागि नेपालगन्ज ग्यालरीमा टिकटोक स्पर्धा गरौँ


  • दस्तावेज

  • नेपालगन्ज । सामाजिक कार्यमा खटिएका नेपालगन्जका संघसंस्थाहरुले सामाजिक सन्जालको प्रयोग गरी तीन साता जनचेतना मुलुक कार्यक्रम सन्चालन गर्ने तयारीमा जुटेका छन् । पछिल्लो समय सामाजिक सन्जालमा निकै चर्चा पाएको टिकटोक भिडियोलाई बाँके र बर्दियामा जनचेतनाका लागि बढी प्रयोग गरिने छ । समुदायका जनचेतना फैलाउनका लागि लागु पदार्थ दुव्र्यसनी न्युनिकरणमा अभिभावकको भूमिका, मानव बेचबिखन न्युनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका, कोभिड नियान्त्रणमा आम नागरिकको भूमिकागरी तीन बिधा रोजिएको छ । त्यसका लागि वक्तित्वकला बिधि पनि समाबेश गरिएको छ ।
    लायन्स क्लव ३२५ बि २, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेले कार्यक्रम आयोजना गरेका हुन । बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रम आयोजना गर्न लागेको सामुदायिक सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्रकुमार जोशीले बताए ।

    सहभागिता जनाउने प्रतिस्प्रधिले यी तीनै बिधामा करिब ३ मिनेटसम्मको टिकटोक भिडियो बनाएर पठाउनु पर्ने छ । उक्त भिडियोलाई नेपालगन्ज ग्यालरी मार्फत सार्वजनिक गरिने छ । १ लाख ३० हजार फेसबुक सदस्य रहेको नेपालगन्ज ग्यालरीका  फाउन्डर एडमिन समिरमान श्रेष्ठले  ५० प्रतिशत अंक फेसबुक पेजमा गरिएको लाईक र ५० प्रतिशत जजहरुको मुल्यांकनको अधारमा छनोट गरिने जनाए । उनले ती बिषयका टप ५।५ जना गरी फाइनलमा १५ जनालाई सहभागी गराई प्रत्येक बिधाको ३।३ जना बिजेता घोषण बताए । प्रतियोगितामा बाँके र बर्दियाका जो कोेहीले स्पर्धा गर्न पाउँने छन् ।

    बिजेताले नगद, ट्फी र प्रमाणपत्र प्राप्त गर्ने छन् । कार्यक्रममा शुभकामना दिदै लायन्स क्लबका पिडिजी एमजेएफ लायन शेम शाक्यले डिजिटल प्रबिधिबाट मनोरञ्जनात्मक तरिकाबाट टिकटोक बनाएर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरेको बताए । आयोजकले सचेतनामुलक कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न गरिसकेको छ भने अबको केही दिनमा स्त्री रोग चेकजाँच तथा औषधी बितरण कार्यक्रममा पनि नेपालगन्ज र कोहलपुरमा आयोजना गर्ने लायन्स क्लब अफ नेपालगन्ज सिटीका अध्यक्ष राजन रानामगरले बताए ।

  • २० श्रावण २०७८, बुधबार १८:१० प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश