बैतडी । जंगली बँदेलका मार्नका लागि लागि लगाइएको बिद्युतको करेन्ट लागेर बैतडीमा सहोदर दाजुभाइको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि जोडेको बिजुलीको तारबाट करेन्ट लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरीले जनाएको छ । जिल्लाका सबैजसो स्थानमा लगाइएको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेकाले किसानलाई मकैबाली जोगाउन धौधौ परेको छ ।