काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव समूहले बोलाएको केन्द्रीय कमिटी बैठकप्रति भने आपत्ति जनाइहँदा वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बुधबार बैठक बस्दैछ । बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ । बैठकमा सहभागि हुनका लागि राजधानी बाहिर रहेका केन्द्रीय सदस्यहरू समेत काठमाडौं आएको बताइएको छ । संसद् पुर्नस्थापना शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि पहिलो पटक यो समूहको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । राजनीतिक घटनाक्रमबारे नेतृत्वले ब्रिफिङ गर्ने र केन्द्रीय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए ।