आयआर्जनका लागि उपमहानगरको सहयोग – Dastabej

आयआर्जनका लागि उपमहानगरको सहयोग


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले महिलाहरुलाई आय आर्जनमा सहयोग गर्ने उद्देश्यले विभिन्न सामग्रीहरु सहयोग गरेको छ । नगर कार्यपालिका सदस्यहरुद्वारा सन्चालित कार्यक्रम अन्तर्गत महिलाहरुलाई सिलाई मेसिन, इन्टरलक मेसिन र साईकल सहयोग गरिएको हो । बिहिवार नगर प्रमुख डा. धवलशम्शेर राणाले महिलाहरुलाई सामग्री हस्तान्तरण गर्दै सहयोगलाई सही सदुपयोग गर्न आग्रह गरे । उपमहानगरपालिकाले यसअघि तालिम प्राप्त महिलाहरुलाई ब्यवसायमा जोड्न सहयोग गरिएको भन्दै राणाले यसबाट ब्यक्तिगत र पारिवारिक जीवन सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको जानकारी दिए ।

    उपमहानगरपालिकाका सामाविक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीका अनुसार, ७४ जना महिलालाई सिलाई कटाई मेसिन, १२ जनालाई इन्टरलक मेसिन उपलब्ध गराइएको छ । यसैगरी ४९ जनालाई साईकल सहयोग गरिएको छ । दलित, सिमान्तकृत, मधेसी, मुस्लिम, अल्पसंख्यक समुदायका महिलाहरुलाई सामग्री सहयोग गरेको छ । गत आथिक वर्षमा नगर कार्यपालिका सदस्यहरुले सन्चालन गर्ने कार्यक्रमका लागि १२ लाख विनियोजन गरिएकोमा कोभिडका कारण आयआर्जन मुलक कार्यक्रम सन्चालन हुन नसकेपछि यसअघि तालिम प्राप्त महिलाहरुलाई सिलाईकटाई तथा इन्टरलक मेसिन उपलब्ध गराइएको हो ।

     

  • २१ श्रावण २०७८, बिहीबार १६:५२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश