ठाकुरबाबा नगरपालिकामा संस्थाहरुले गरे बर्षभरीको समिक्षा – Dastabej

ठाकुरबाबा नगरपालिकामा संस्थाहरुले गरे बर्षभरीको समिक्षा


  • दस्तावेज

  • बर्दिया । ठाकुरबाबा नगरपालिकामा कार्यरत गैरसरकारी संघसंस्थाहरुले एक वर्षसम्म गरेका कार्य र नयाँ आर्थिक वर्षमा सन्चालन गर्ने कार्यक्रम बारे समिक्षा गरेका छन् । उक्त गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालका साझदारीमा थारु महिला उत्थान केन्द्र ,स्याक नेपाल ,गेरुवा ग्रामिण जागरण संघ तथा बाँके युनेस्को क्लबले बालविवाह न्युनिकरण, किशोर किशोरी शिक्षा, बलश्रम नियन्त्रण तथा बालअधिकारका क्षेत्रमा काम गर्दै आएका छन् ।
    स्याक नेपालबाट कार्यक्रम अधिकृत लक्ष्मिप्रसाद शर्मा, बाँके युनेस्को क्लबबाट कार्यक्रम अधिकृत ईश्वर बि.क ,गेरुवा ग्रामिण जागरण संघका कार्यक्रम अधिकृत सुमित्रा पौडेल र थारु महिला उत्थान केन्द्रका फिल्ड सुपरभाइजर नरेश चाौधरीले हालसम्म गरिएको प्रगति र अगामि कार्यक्रमका बारे प्रस्तुतिकरण गरेका थिए । उक्त कार्यक्रममा स्वागत तथा उदेश्यबारे थारु महिला उत्थान केन्द्रका अध्यक्ष लिलावती थारुले जानकारी गराएका थिईन ।
    गाउँपालिका उपप्रमुख कृष्णाकुश्मा थारुले विभिन्न संघसंस्थाहरुले पालिकालाई गरेको सहयोगको प्रशंसा गर्दै धन्यबाद दिईन ।कार्यक्रममा गाउँपालिका प्रमुख घननारायण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाललगायतका सबै शाखाका कर्मचारीहरुको सहभागिता थियो । थारु महिला उत्थान केन्द्रका बालबालिकाको सपना परियोजनाका फिल्ड सुपरभाइजर नरेश चौधरीले कार्यक्रम सन्चालन गरेका थिए ।

  • २१ श्रावण २०७८, बिहीबार १७:२२ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु