सुनले भाइरल बनेका सुमनले भने,‘२।४ तोला सुन लगाउनु मेरो शौख हो। सुन लगाउँदैमा सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ? – Dastabej

सुनले भाइरल बनेका सुमनले भने,‘२।४ तोला सुन लगाउनु मेरो शौख हो। सुन लगाउँदैमा सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ?


  • दस्तावेज

  • काठमाडौं । देवि ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गर्यो । मनोहरा सुकुम्बासी बस्तीबाट मुल सडकसम्म निकालिएको जुलसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए । युवा संघको त्यही प्रदर्शनको एउटा तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । निधारमा कालो फेटा बाँधेका युवाले ‘जमिन त खोसिस सरकार, नागरिकता पनि खोस’ भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।
    घाँटीमा भने सुनको ठूलै सिक्री लगाएका छन् । सुकुम्बासीको जुलसमा सहभागी युवकको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि यो तस्वीर निकै ट्रोल भएको छ । यही भाइरल तस्वीरमा देखिएका युवक बिहीबार साँझ अनलाइनखबरको सम्पर्कमा आएका छन् । उनको नाम वीरबहादुर श्रेष्ठ (सुमन) हो । सिन्धुलीको कमलामाई नगरपालिका घर भएका उनी हाल कोटेश्वर बस्छन् । उनले आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेको र पीडितहरूको पक्षमा आवाज उठाउन गएको बताए ।  भूमिसमस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको भन्दै उनले भने, ‘म २।४ तोला सुन लगाउँछु, यो मेरो शोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ? ’

  • २२ श्रावण २०७८, शुक्रबार ०६:१२ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ