सत्तापक्ष दलको कार्यदलले संविधान संशोधनलगायतका मुद्दा समेटेर प्रतिबेदन बुझायो – Dastabej

सत्तापक्ष दलको कार्यदलले संविधान संशोधनलगायतका मुद्दा समेटेर प्रतिबेदन बुझायो


  • दस्तावेज

  •  

    काठमाडाें । सत्तारुढ दलहरुको कार्यदलले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, मधेस आन्दोलनका बेला लगाइएको मुद्दाहरु पुनरावलोकन गरी अन्यायपूर्वक बन्दी बनाइएकाहरुलाई रिहा गर्ने लगायतका विषय समेटेर प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूलाई बुझाएको छ ।उक्त प्रतिबेदनलाई नेताहरुले अध्ययन गरेर छिट्टै सार्वजनिक गर्ने नेताहरुले बताएका छन् ।

    नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्नेसमेत उल्लेख गरिएको छ । त्यस् यस्तै शान्ति प्रक्रियाका बाँकी कामलाई यथासिघ्र सम्पन्न गर्न सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगको ऐन संशोधन गर्ने मुद्दा पनि न्यूनतम साझा कार्यक्रममा समेटिएको छ । कार्यदलले बुझाएको प्रतिवेदनको मुल उद्देश्य पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले भत्काएका प्रणालीलाई ‘लिक’मा ल्याउने भनिएको छ ।

    ‘ सरकारनिकट स्रोतका अनुसार न्यूनतम साझा कार्यक्रम, मन्त्रीहरुको आचारसंहिता र कार्यविधि मुख्य रुपमा कोभिड नियन्त्रण, शान्ति सुरक्षा र सामाजिक रुपान्तरणका मुद्दामा केन्द्रित छ ।

     

  • २२ श्रावण २०७८, शुक्रबार १२:११ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ