काठमाडौं । । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटीमा सहभाथि केन्द्रीय सदस्यहरुले सम्मानजनक एकता नभए बिद्रोह गर्ने चेतावनीसहितको सुझाव दिएका छन् । बुधबारबाट शुरु भएको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले उक्त सुझाव दिएका हुन ।
नेताहरुलाई सुझाव दिन करिव तीन मिनेटको समय निर्धारण गरिएको थियो । शुक्रबार भएको बैठकमा सुझाव दिने क्रम सकिएको केन्द्रीय सदस्य राजन राईले बताए । उनका अनुसार बैठकमा सहभागि अधिकांस केन्द्रीय सदस्यहरुले पार्टी एकताका लागि प्रयास गर्ने तर सम्मानजनक एकता हुनु पर्ने जोड दिए । उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी बैठक बोलाएर सदस्यता नवीकरण र अधिबेशनको तयारीमा लागेको आरोप लगाए । अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिले एकता धरापमा पर्दै गएको उनीहरुको आरोप छ ।