द्धन्द्धग्रस्त अफगानिस्तानमा गोर्खाः अमेरिकी सेना फिर्तापछि कुटनीयोगको सुरक्षामा जिम्मेवारी थपियो – Dastabej

द्धन्द्धग्रस्त अफगानिस्तानमा गोर्खाः अमेरिकी सेना फिर्तापछि कुटनीयोगको सुरक्षामा जिम्मेवारी थपियो


  • दस्तावेज

  • एजेन्सी । अफगानिस्तानबाट अमेरिकी सेना फर्किएपछि दैनिक सरकार र बिद्रोही सेनाबीच लडाई हुने क्रम जारी छ । तालीवानको आधार ईलाका फराकिलो बन्दै गएको छ । तालीबानले विभिन्न शहर कब्जा गरिरहेको समाचार दैनिक सार्वजनिक हुने गरेका छन् । अधिकांश शहर तालीवानले कब्जा गरेपछि सरकारी पक्ष अन्र्तराष्ट्यि समुदायसंग गुहार गरिरहेको छ । यस्तो संकटका बेला त्यहाँ रहेका सुरक्षा अवस्थालाई लिएर चिन्ता जनाइएको छ । नेपालीहरु विश्व बैंक, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकाय, विदेशी सुरक्षा कम्पनी र अफगानिस्तानस्थित विदेशी कम्पनीमा काम गर्न पुगेका छन्। सुरक्षा कम्पनीमार्फत गएका नेपाली अमेरिकी दूतावास, बेलायती दूतावास लगायतको सुरक्षामा खटिएका छन्। उनीहरु अमेरिकाद्वारा ल्याइएका विज्ञहरुको सुरक्षामा पनि खटिएका छ्न। त्यहाँ रहेका नेपालीहरुको सुरक्षा अवस्था कस्तो छ त ? नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक (डीआइजी) हुन्हेमन्त मल्ल ठकुरीले हालै  नेपाल लाईभमा  ‘मैले देखेको अफगानिस्तानः काबुल फेरि बुर्काले छेकिन सक्छ’ एक लेखमा नेपालीहरुको अवस्था दर्साएका छन् ।

    उनले लेखका छन् ,
    जोखिममा पर्न सक्छन् अफगानिस्तानमा रहेका नेपाली । तालिवानी शासनको अन्त्यपछि हजारौँ नेपाली अफगानिस्तान पुगेका छन्। सुरक्षामा खटिएका नेपाली खतरा मोलेर अफगानिस्तानमा बसेका छन्। सन् २०१६ मा काबुलस्थित क्यानडाको दूतावासमा भएको आत्मघाती आक्रमणमा १३ नेपालीको मृत्युु भएको थियो। केही अन्य स्थानमा भएका आत्मघाती हमलामा पनि सुरक्षामा खटिएका नेपालीले ज्यान गुमाएका छन्। अफगानिस्ताबाट विदेशी सेना फर्किएपछि त्यहाँ विदेशी निकायको सुरक्षामा नेपालीहरुको संलग्नता बढ्ने छ। अर्कोतर्फ तालिवानबाट हुने हमला नियन्त्रण गर्न अफगानी सुरक्षा संयन्त्रलाई हम्मे परे उनीहरुले विदेशी सुरक्षा कम्पनीसँग सहयोग माग्ने संभावना पनि छ। यस्तो भए अफगानिस्तानको सुरक्षाका लागि नेपालीहरु सुरक्षा संयन्त्रमा भर्ना भएर पुग्ने संभावना बढी हुन्छ। यो निकै जोखिमपूर्ण काम हो।
    म अफगानिस्तान पुग्दा तालिवानहरु सत्ताच्युत भइसकेका थिए। तर, उनीहरुको आतंक जारी थियो। त्यही आतंक नै म अफगानिस्तान पुग्ने कारण बन्यो। हिंसाबाट बिस्तारै बाहिर निस्कँदै गरेको अफगानिस्तानमा फेरि आतंकको छायाँ देख्न थालिएको छ। त्यहाँको पछिल्लो अवस्थालाई निरपेक्ष व्याख्या गर्न सकिँदैन। तालिवान शासनकालसम्म पुग्नै पर्छ।

    अफगानिस्तानमा कति नेपाली छन् ?

    आर्थिक वर्ष ०५९/६० : ७२
    आर्थिक वर्ष ०६०/६१ : ३२७
    आर्थिक वर्ष ०६१/६२ : ०
    आर्थिक वर्ष ०६२/६३ : ३२
    आर्थिक वर्ष ०६३/६४ : १८२
    आर्थिक वर्ष ०६४/६५ : १४००
    आर्थिक वर्ष ०६५/६६ : १५३८
    आर्थिक वर्ष ०६६/६७ : ७३५
    आर्थिक वर्ष ०६७/६८ : ६५५
    आर्थिक वर्ष ०६८/६९ : ८२३
    आर्थिक वर्ष ०७० /७१ : ६०५
    आर्थिक वर्ष ०७१/७२ : १५०१
    आर्थिक वर्ष ०७२/७३ वैशाख मसान्तसम्म : १२१३

    स्रोत : वैदेशिक रोजगार विभाग

    अफगानिस्तानमा तालिवानहरु सत्तामा थिए। ठाउँ–ठाउँमा युद्ध जारी थिए। पूरा देश अशान्त थियो। यस्तै बेला पश्चिमा देशहरु अफगानास्तिान प्रवेश गरे। अमेरिका नेतृत्वको पश्चिमी सैन्य गठबन्धनले राजधानी काबुलबाट तालिवानलाई लेखेटे। बिस्तारै देशका प्रमुख शहर पनि तालिवानको कब्जाबाट मुक्त भए। सैनिक कारबाहीको जिम्मा अमेरिकाले लियो। लागुऔषध नियन्त्रणको जिम्मा बेलायत र प्रहरीको जिम्मा जर्मनीले लिए। तर, सहमति विपरीत अमेरिकाले बिस्तारै सबै क्षेत्रमा हात हाल्न थाल्यो। जस कारण यी राष्ट्रबीच मतान्तर र अविश्वास देखिन थालेको विभिन्न बैठकमा भाग लिँदा प्रष्टै थाहा हुन्थ्यो। अफगानिस्तानका अलग(अलग प्रान्तमा विभिन्न देशका सेना खटिए। खासगरी सैनिक कारबाहीको जिम्मा अमेरिकाले लियो। लागुऔषध नियन्त्रणको जिम्मा बेलायत र प्रहरीको जिम्मा जर्मनीले लिए। तर, सहमति विपरीत अमेरिकाले बिस्तारै सबै क्षेत्रमा हात हाल्न थाल्यो। जस कारण यी राष्ट्रबीच मतान्तर र अविश्वास देखिन थालेको विभिन्न बैठकमा भाग लिँदा प्रष्टै थाहा हुन्थ्यो। प्रहरीको तालिम होस् वा सुरक्षा निकाय संचालनको विषय, उनीहरुबीच मतान्तर चुलिन थालेको थियो।
    म सन् २००७ देखि २००८ सम्म अफगानिस्तानमा थिएँ। संयुक्त राष्ट्रसंघ मिशनको पुलिस ‘एडभाइजरी युनिट’ प्रमुखको रुपमा मैले काम गर्ने अवसर पाएको थिएँ। कामका सिलसिलामा अफगानी गृह, रक्षा र अर्थ मन्त्रालय तथा युरोपोल, आईसाफ र विभिन्न राजदूतावासमा प्रत्येक हप्ता वा आवश्यकता अनुसार हुने बैठकमा जानुपर्थ्यो। ती बैठकमा म आफ्ना धारणा प्रष्टसँग राख्थेँ। मेरो मिशन समाप्तीपछि मैले पेश गरेको रिपोर्टमा पनि अफगानिस्तानको भविष्यलाई लिएर सकारात्मक धारणा थिएन। त्योबेला र हाल देखिइरहेको अफगानिस्तानको अवस्थामा मैले तात्विक फरक देखेको छैन। मैले अफगानिस्तान छाडेको १३ वर्ष भइसकेको छ। तर, सुरक्षा, भ्रष्टाचार, मानवअधिकार र कर्मचारीतन्त्रमा खास सुधार छैन। त्यहाँ पश्चिमा देशहरुको उपस्थिति भए पनि भारत, चीन, रुस लगायत देशको स्वार्थ वृद्धि भइरहेको छ।

    अफगानिस्तानको काबुलस्थित विदेशी नियोगका कूटनीतिज्ञहरूले आफू बस्ने र काम गर्ने भवन अगाडि गोर्खा (नेपाली) नभए चैनले बस्न र आनन्दले निदाउन नसक्ने बताउँछन् । अधिकांश विदेशी कूटनीतिज्ञहरूले गोर्खाहरूकै कारण आफूहरूले ‘थप’ सुरक्षित महसुस गरेको उनीहरुको बिश्वास छ।

     

     

  • २२ श्रावण २०७८, शुक्रबार १७:२७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु