श्री अन्तुदेखि रारा जोड्दै बिश्वसाइकल यात्री पुष्कर शाह – Dastabej

 श्री अन्तुदेखि रारा जोड्दै बिश्वसाइकल यात्री पुष्कर शाह


  • सतिश निरौला

  •  

     

    नेपालगन्ज । बिश्वका १५० देश ११ बर्ष लगाएर साइकलबाट डुलेका बिश्वसाइकलयात्री हुन् दोलखाका पुष्कर शाह । पुष्कर शाह ले यो ११ बर्षे साइकल यात्राका दौरान पृथ्वी लाईसाढे ५ फन्को लाउन भ्याए भने सम्भवत सन्सारमा धेरै थरीका बियर पिउने ब्यक्ति उनै भए । शाहले साइकल यात्रा को दौरान १८ सय थरी को बियर पिएको र ती सबै बियर का ढक्कन आफुले राखेको सुनाए।

     

    उनै पुष्कर शाह२०२० बाट नेपाल साइकल फेस्टिबल नामको एउटा छुट्टै प्रकारको साइक्लिङ्ग इभेन्ट गर्दै आएका छ्न् । यस बर्ष नेपाल साइकल फेस्टिबल अन्तर्गत इलामको श्री अन्तुबाट शुरु हुने साइकल यात्रा मुगु को राराताल पुगेर टुंगिने बिश्व साइकल यात्री शाहले बताए। यसपटक को साइकल यात्रा को रुट इलामको श्री अन्तु, धरान , गाइघाट, मन्थली , सिन्धुली , काठमाडौ , धादिङ ,गोरखा , पोखरा , बुर्तिबाङ,राकम, बिरेन्द्रनगर, दुल्लु, मान्म, जुम्ला , बिराट हुँदै मुगुको रारा सम्म को छ, नेपाल साइकल उत्सव २०७८ अन्तर्गत को यो यात्रा ले आन्तरिक पर्यटन पर्बधन मा सहयोग पुर्याउने बिश्वास पुष्कर शाहको छ, भदौ २५ बाट शुरु गरिने साइकल यात्रा असोज २१ सम्म २८ दिने हुनेछ । पुष्कर शाह नेपालमा हजारौं साइक्लिस्टहरुका लागि प्रेरणा हुन् ।

    बुद्धिनिलकण्ठ समूह

    उनको किताब सन्सारलाई साढे पाँच फन्को पढेर धेरैले साइकल चलाउन शुरुगरेका छन् । संसाररलाइ साइकल बाट जिति सकेपछि उनले सगरमाथाको ८८४८.४८ मिटरको उचाईलाई पनि उछिने अर्थात उनी सफल र किर्तिमानी सगरमाथा आरोही पनि हुन्  । नेपालको झन्डा फहराउदै ११ बर्षमा १५० देश साइकलबाट डुल्दा उनले हजारौं होईन लाखौं लाई नेपाल चिनाए बुझाए तर राज्यले यसका लागि उनलाई एक थुङ्गा फुल पनि दिएन ।तथापि राज्यबाट प्राप्त नेपाली नागरिकताबाट नै उनी मख्ख छन् र नेपाली हुनुमा गौरवबोध पनि। जाडो बेजोड थियो । माघको महिनाको काठमाडौ बाट टुर डे ठाकुरद्वार मा सहभागी हुने आएको काष्ठमण्डप साइक्लिङ्ग क्लब र बुढानिलकण्ठ साइक्लिङ्ग क्लब का ११ जना साइक्लिस्टहरु त्यो कठ्याङ्ग्रीदो तराईको माघे जाडोको प्रवाह नगरी जिवनभरीको यादगार र रोमाञ्चक साइकल यात्रा को अर्को हुटहुटी समेत साथै बोकेर आएको थियो टुर दि ठाकुरद्वार सकेर ।

     

    सो टोलि महेन्द्रनगर तर्फ लाग्यो र २०७७ माघ २६ गतेदेखि शुरु भयो रोमाञ्चक महाकालीमेची को साइकल यात्रा । राम बहादुर श्रेष्ठ, ओशो पुजारी को नेतृत्वमा रविकर तामाङ , श्रीराम अधिकारी , बिधासागर, पुसन ताम्राकार, राम शाही , सुमन आचार्य , कृष्णवीर चौधरी , बुद्धकाजी श्रेष्ठ , राधेश्याम भण्डारी , सुरज सुवेदी र बिरेन्द्र श्रेष्ठ सहितको ११ सदस्यीय साइकल यात्रीहरुको समुहले फागुन ४ गते पुर्वको मेची पुलमा पुगेर यात्रा समापन गरिएको टिम लिडर ओशो पुजारीले बताए। (हिंसा रहित समाज र वातावरण जोगाउ) भन्ने नारा बोकेर निस्किएको सो यात्रा बाट जिवनकाल कै रोमाञ्चक र नौलो अनुभव बटुल्न पाएको र साइकल बाट देशको दुई छेउ भेट्न पाउँदा अलौकिक आनन्द को अनुभुती छ ओशो पुजारीसङ्ग। साइकल यात्राको क्रममा विभिन्न ठाउँमा साइक्लिस्टहरु बाट पाएको आथिथ्यता र प्रेम पनि बिर्सिन नसकिने यादगार रहेको साइक्लिस्ट तथा ध्यान र योग मा सक्रिय ब्यक्तित्व ओशो पुजारीले सुनाए । पर्यटन को ससक्त माध्यम साइकल सुदुरपस्चिमका साइक्लिस्ट भरतबिक्रम शाह अघोषित सुदुरपस्चिमको पर्यटन दुतका रूपमा आफुलाइ उभ्याएका छन् ।सुदुरपस्चिममा रहेको प्रख्यात खप्तड क्षेत्र साइकल लिएरै पुगेका शाहले सुदुरपस्चिमका थुप्रै पर्यटकीय क्षेत्र साइकल बाट पुगेका छन् । अति नै बिकट बडिकेदार को यात्रा पनि उनले साइकल बाट नै पुरा गरे, निरन्तर साइक्लिङ्ग र सुदुरपस्चिम प्रदेशको पर्यटकीय गन्तव्य को प्रचारप्रसार मा आफुलाइ समर्पित गरेको४०

    भरतबिक्रम शाह

    बर्षिय शाह को साइक्लिङ्ग र पर्यटन पर्बधन मा देखिएको लगन र मेहनत अनुकरणीय छ। आफू साइकल र विभिन्न माध्यम बाट पुग्ने गरेकोमा ठाउँ हरु सुन्दर भ्लगहरु बनाएर त्यस मार्फत देशबिदेश सुदुरपस्चिम चिनाएका छन् शाहले। डोल्पाका अर्का २५ बर्षि तन्नेरी रामचन्द्र भास्कर बस्नेत को साइक्लिङ्गका कथाहरु पनि बेजोड छन् । रामचन्द्र भास्कर 

    उनी पनि निरन्तर साइकलका माध्यमबाट कर्णाली प्रदेश र डोल्पा लाई स्थापित गर्न लागी परेका छन् । डोल्पाको कठिन बाटो मा साइकल गुडाउदै त कतै साइकल बोकेरै उनी शेफोक्सुन्डो तालसम्मको यात्रा रुकुम हुँदै पुरा गरिसकेका छन् । एड्भेन्च्योरमा रमाउने भास्कर ले थुप्रै साहसिक साइकल यात्रा हरु गरिसकेका छन् ।डोल्पा को ३६ सय मिटर भन्दा माथिको उचाई को यात्रा मा उनिसङ्गै अन्य साइकल यात्रीहरु गरि १७ जनाको समुह थियो । डोल्पा मै जन्मिएर हुर्किएका भास्कर अध्यनको सिलसिलामा काठमाडौ पुगेसङ्गै ओभरसियर को अध्यन पनि पुरा गरे भने साइक्लिङ्गमा समेत चासो राख्दै पर्यटकिय क्षेत्र लाई साइकल का माध्यम बाट उजागर गर्न लागि परेका छन् ।

    ओसो पुजारी

    बाँकेका शाहको महाकालीमेची साईलिकल यात्रा ५ औं दिन

    महाकाली मेची यात्री तेजबिक्रम शाह आज  को यात्रामा हिजो दाङको लमहीबाट साइकल यात्रा शुरु गरि लुम्बिनी बस्ने योजना रहे पनि तालिका केहि फेरबदल गरी महाकालीमेची साइकल यात्री बाँकेका तेज बिक्रम शाह यात्रा को चौथो दिन गोरुसिङ्ग मा विश्राम गरेको जानकारी दिए । उनलाई तिलोत्तमा कपिलवस्तुका साइक्लिस्ट जसले २०५६ सालमा मेचीमहाकाली साइकल यात्रा पुरा गरिसकेका थिए उनै एचबी बर्मा को नेतृत्व मा रहेका साइक्लिस्टहरुले गोरुसिङ्गे मा स्वागत सम्मान गर्दै शाहको साइकल यात्रामा एक्यवद्धता जनाए । शाहले गोरुसिङ्गे मा कोभिड १९ ले मृत्यु भएका नेपालिहरुको सम्झनामा १ मिनेट मौन धारण सहित दिप प्रज्वलन गरेको जानकारी दिए आज यात्रा को ५ औं दिन सम्भव भएसम्म नारायणगढ पुग्ने गरि यात्रा अगाडि बढाएको जानकारी शाह ले दिए ।

  • २२ श्रावण २०७८, शुक्रबार १९:१८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु