परिचरले प्रश्न चोर्ने, इन्स्पेक्टर ज्वाइँ- सालोलाई दिने: ३० प्रहरी अधिकारीहरु छानविनको दायरामा – Dastabej

परिचरले प्रश्न चोर्ने, इन्स्पेक्टर ज्वाइँ- सालोलाई दिने: ३० प्रहरी अधिकारीहरु छानविनको दायरामा

प्रहरी प्रधानकार्यालयले डीआईजी वसन्त लामाको संयोजकत्वमा छानवीन गरिरहेको छ ।


  • दस्तावेज

  • संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने पूर्वछनोट परीक्षाको प्रश्नपत्र यूएन शाखाकै परिचरले चोरेर साइबर ब्युरोमा कार्यरत हवल्दार कुमार शाहलाई दिएको खुलेको छ ।

    हवल्दार शाहकै पूर्व योजनामा बाहिरिएको सो प्रश्नपत्र चोर्न प्रहरी प्रधान कार्यालयको यूएन शाखाका परिचर सुरेश बमलाई प्रयोग गरेको हुन् । हवल्दार शाह पहिला यूएन शाखामै बसेका थिए ।

    प्रश्नपत्र लिक गर्न शाहले बमलाई दिएको एक लाख रुपैयाँ ऋण मिनाहा गरिदिएको र परीक्षा पास भएर मिशनमा जानेबाट थप रकम दिलाइदिने आश्वासन दिएको परिचर बमले छानबिन समिति समक्ष बयान दिएर आफूले चोरको पुष्टि गरेका छन् ।

    यसमा अर्को रमाइलो पक्ष के छ भने भर्खरै सइबाट इन्स्पेक्टरमा बढुवा भएका जनक शाहले भने सो प्रश्न पत्र आफ्नो ज्वाई र सालोलाई दिएका थिए । डीएसपी रुपेश खड्कालाई भने हवल्दार शाह आफैले पुर्याएका थिए ।

    हवल्दार शाहले भनेपछि बमले परीक्षाको दुई दिन पहिले राति ८ बजे प्रश्नपत्र फोटोकपी गरेको खुलेको छ । प्रश्नपत्र रहेको दराजको चाबी परिचरसँग पनि थियो । यसअघि संलग्नता रहेको आशंका गरिएका यूएन शाखाकै डीएसपी वासुदेब पाठकको भने संलग्नता नरहेको छानबिन समितिले जनाएको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डीएसपी रुपेश खड्काको भने संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

    उनलाई पनि कुमार शाहले नै प्रश्न पत्र दिएको खुलेको हो । रुपेशलाई आफूले प्रश्नपत्र दिएको हवल्दार शाहले स्वीकार गरेका छन् । रुपेश र कुमार पहिले यूएन शाखामै कार्यरत थिए । केही समय पहिले उनीहरूको सरुवा भएको थियो ।

    प्रश्नपत्र बाहिरिएको प्रकरणमा ३० बढी प्रहरी जोडिएको छानबिन स्रोतले जनाएको छ । ‘यो प्रकरणमा मुख्य भूमिका हवल्दार साह र परिचर बमको देखिएको भएपनि उनीहरुलाई उत्प्रेरित गर्ने सबैलाई छानवीनमा तानिएको छ’, प्रहरी प्रधानकार्यालयले जनाएको छ । परीक्षा सञ्चालनको तयारी भइरहँदा गत शनिबार यूएन शाखाकै एक अधिकारीसम्म प्रश्नपत्र पुगेको थियो ।

    उनी पनि परीक्षा दिने तयारीमा थिए । उनले यो प्रश्नपत्र कहाँबाट आयो भनेर सोधे । ती प्रहरीले आफूलाई अर्कैले पठाएको भनेर नाम दिए । ती अधिकारीले यूएन शाखा प्रमुखलाई त्यो प्रश्नपत्र सही होकि होइन भनेर निश्चित गर्दा प्रश्नपत्र बाहिरिएको थियो । अहिले प्रहरी प्रधानकार्यालयले डीआईजी वसन्त लामाको संयोजकत्वमा छानवीन गरिरहेको छ ।
    नेपाल बहस बाट

  • २३ श्रावण २०७८, शनिबार ०७:२७ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन