अप्रेशन गर्दा काटिएको खुट्टा नेपालगन्ज मेडिकल कलेजबाट आँप बगियामा कसरी पुग्यो ? - Dastabej

अप्रेशन गर्दा काटिएको खुट्टा नेपालगन्ज मेडिकल कलेजबाट आँप बगियामा कसरी पुग्यो ?


  • दस्तावेज

  • नेपालगन्ज । शिक्षण अस्पताल नेपालगन्जको पछाडि कोरियनपुरमा रहेको आँपको बगैचामा शनिबार बिहान मान्छेको काटिएको अवस्थामा खुट्टा देखिएपछि स्थानीयहरु त्रसित भए । रगत लागेकै अवस्थाको खुट्टा कसले फाले होला ? कहाँबाट आयो ? कतै कुनै अपराधिक घटना त भएन ? कतिपय सर्वसाधारणहरुले मान्छेको हत्या गरेर खुट्टा छियाछिया पारेर बगियामा फालेको अवस्थामा फालेको हल्लाको पछि लागे । जसका कारण कोरियनपुरमा शनिबार बिहानदेखि दिउँसो १ वजेसम्म तनाव देखियो । सर्वसाधारणहरु त्रसित बने । स्थानीयले प्रहरीलाई खबर गर्यो । जिल्ला प्रहरी कार्यालय बाँकेले साईको कमाण्डमा घटना स्थलमा  बारे बुझ्न टोली पठायो ।

    प्रहरीले अनुसन्धानका क्रममा बुझ्दै गर्दा उक्त काटिएको खुट्टा मेडिकल कलेजको लापरवाहीका कारण कुकुरले बोकेर कोरियनको आँपको बगैचामा पुर्याएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी तथा बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यापानेका कारण उक्त खुट्टा टेलर गाडीले किचेर गम्भीर घाईते भएका सुर्खेत लाटीकोइलीका ६५ वर्षीय रामबहादुर चौधरी हो । भारतबाट फलाम बोकेर नेपालगन्ज भन्सारमा आएको एन एल ०१ ए ए २३९७ नम्वरको टेलर गाडीले शुक्रबार उनलाई किचेको थियो । गाडीले किचेपछि घाइतेको हात र खुट्टामा गहिरो चोट लागेको थियो । दुर्घटनापछि चौधरीलाई शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । शल्यक्रियापछि खुट्टा काटियो । लापरवाहीले काटिएको खुट्टा खुल्ला डसबीनमा राखिएपछि कुकुरले बोकेर बगैचा पुर्याएको डिएसपी न्यौपानेले बताए । ‘अप्रेशन गर्दा चौधरीको खुट्टा काटिएको रहेछ । काटिएको खुट्टा सुरक्षित ठाउँमा राख्नु पर्नेमा डस्बीनमा राखेपछि कुकुरले बोकेर लगेको रहेछ,’ उनले भने,‘लापरवाहीले शनिबार बिहानभरी तनाव गर्यो । स्थानीय त्रसीत बने ।’

  • २३ श्रावण २०७८, शनिबार १३:४२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार