काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेकेो २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट मोबाईलबाट हेर्न सकिन्छ । कोरोनाका कारण भौतिक उपस्थितीमा परीक्षा नभएका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो ।
यसरी हेर्न सकिन्छ रिजल्ट
परीक्षार्थीले www.see.gov.np,www.neb.gov.np
www.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।
त्यस्तै नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर हेर्न सकिन्छ ।
इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।