सिन्धुपाल्चोकका बाढीपीडितहरुको पक्षमा सभामुख सापकोटालाई ध्यानाकर्षण  - Dastabej

सिन्धुपाल्चोकका बाढीपीडितहरुको पक्षमा सभामुख सापकोटालाई ध्यानाकर्षण 


  • दस्तावेज

  • काठमाडौं । सिन्धुपाल्चोकमा यस बर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरुलाई सहजिकरण गर्न गठित विपद व्यवस्थापन सर्बपक्षिय समितिले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । समितिका आवद्ध अधिकारीहरुले शनिबार सभामुख सापकोटालाई लैनचौर निवासमा भेटेर मेलम्ची र इन्द्रावती नदिले पुल बगाएको स्थानमा तत्काल बेलीब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अबरुद्ध विद्युत र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रह सहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
    हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षति सम्बन्धि प्रारम्भिक प्रतिवेदन सहितको पत्रमा पुल, विद्युत, टेलिफोन सेवा तत्काल सुचारु गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधरभुत खानेपानी मर्मत गरी खानेपानीको आधरभुत व्यवस्थान, नदी तटीय क्षेत्रका बस्तिहरु स्थानन्तरण गर्न अस्थायी आवास निमार्ण सामाग्रीको उपलब्धता लगायतका विषय समेटिएका छन् ।
    ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताए । गत असार २ गते बाढीबाट भएका क्षतिको स्थलगत जानकारी लिएर फर्केपछि आफूले विपद् ब्यवस्थापन क्षेत्रका विज्ञहरु, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीहरुसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको जानकारी दिए । उनले साउन १४ गते गृह मन्त्री बालकृष्ण खाणसँग तत्काल २ वटा बेलिब्रिज स्थापना गरेर सडक सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको बताए।

  • २३ श्रावण २०७८, शनिबार १७:०६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार