काठमाडौँ — साउन ३१ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षालाई राष्ट्रिय परीक्षा बोर्डले फेरि स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने निर्णय गरेको छ । कक्षा १२ को परीक्षाका लागि एक महिना अघि परीक्षा तालिका सार्वजनिक गरिन्थ्यो । कोरोनाको संक्रमण बढ्दै गएपछि बोर्डले परीक्षा स्थगित गरेको जनाएको छ ।