बाँकेमा एकै दिनमा ३४१ जनामा कोरोना संक्रमण पुष्टि, मुलुकभरीमा संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुग्यो – Dastabej

बाँकेमा एकै दिनमा ३४१ जनामा कोरोना संक्रमण पुष्टि, मुलुकभरीमा संक्रमितको संख्या ७ लाख १२ हजार ७४० पुग्यो


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेमा एकै दिन ३ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन सन्चालन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टामा २०७ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा र १३ हजार ७ सय ९८ को एन्टीजेन परीक्षण गर्दा २ सय ९३ जनामा संक्रमण देखिएको हो । यो संगै संक्रमितहरुको संख्या १८ हजार हाराहारीमा पुगेको छ । १७ हजार भन्दा बढी निको भइसकेका छन् । कोरोना संक्रमणका कारण बाँकेका ३२२ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितहरुको संख्या ४३४ पुगेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको अभिलेख अनुसार बाँकेसंगै पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २३१ जनामा कोरोना संक्रमित थपिएका छन् । ८ हजार ८६६ पीसीआर परीक्षणमा २ हजार २३१ जनामा र एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ७०७ परीक्षणबाट ९८७ जनामा पोजिटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १२ हजार ७४० पुगेको छ । त्यस्तै २४ घण्टामा १९ को मृत्यु भएको छ ।

  • २३ श्रावण २०७८, शनिबार १७:५४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ