अक्षय कुमार स्टारर ‘बेलबटम’लाई रिलिजको लागि ४५ करोड भारुमा खरिद – Dastabej

अक्षय कुमार स्टारर ‘बेलबटम’लाई रिलिजको लागि ४५ करोड भारुमा खरिद


  • दस्तावेज

  • एजेन्सी । अमेजन प्राइमले अक्षय कुमार स्टारर ‘बेलबटम’लाई ओटीटी प्लेटफर्म रिलिजको लागि ४५ करोड भारुमा खरिद गरेको छ । यसअघि ९० करोड भारुमा डील भएपनि भारतीय संचारमाध्यमका अनुसार ओटीटीमा आउने भएपछि उक्त मूल्यमा फिल्मको राइट किनिएको हो । अब दक्षिण भारतीय फिल्म मास्टरजस्तै बेलबटम पनि हलमा रिलिज भएको दुई सातामा ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ ।

    फिल्म निर्माता तथा बजार विज्ञ गिरीश जौहरका अनुसार बेलबटम रिलिज हुने बेलासम्म महाराष्ट्र राज्यमा जारी लकडाउनमा केही खुकुलो हुनसक्छ । उनका अनुसार गोवा, महाराष्ट्र र गुजरातका फिल्म हलहरु केही अकुपेन्सीसहित खुल्न सक्छन् । केही ठाउँमा विकेन्डमा फिल्म हल खोल्न रोक लगाइएको अवस्था छ । यसैबीच, निर्देशक रोहित सेठ्ठीले डिजिटल प्लेटफर्ममै फिल्म रिलिज गर्नेबारे नेटफिल्क्ससँग अन्तिम छलफल थालेका छन् । नेटफिल्क्सले थप प्रतीक्षा नगर्ने संकेत दिएपछि रोहितले छलफल चलाएका हुन् ।

  • २३ श्रावण २०७८, शनिबार १९:०० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु