उदयपुरको बेलकामा ६० लाख लागतमा ‘सुँगुर’को प्रतिमा – Dastabej

उदयपुरको बेलकामा ६० लाख लागतमा ‘सुँगुर’को प्रतिमा


  • दस्तावेज

  • काठमाडौं । उदयपुरको बेलका नगरपालिकाले ६० लाख ?पैयाँ लागतमा सुँगुरको प्रतिमा बनाएको छ । नगरपालिका– ७ मैनामैनीमा पर्यटन प्रवद्र्धन गर्ने भन्दै नगरपालिकाले बराह ‘सुँगुर’ को प्रतिमा बनाएको हो । मेयर दुर्गाकुमार थापाका अनुसार बराहको प्रतिमा बनाउनका लागि आर्थिक वर्ष २०७६र७७ मा बजेट विनियोजन गरिएको थियो । ‘अघिल्लो २ वर्षदेखि बनाउन शु? गरिएको बराहको प्रतिमा निर्माणको काम लगभग सकिएको छ, दाह्रा, पुच्छर बनाउन र रंगरोगन गर्न बाँकी छ’ मेयर थापाले भने ।थापाका अनुसार बराह भनेको जंगली सुँगुर अर्थात बँदेल हो । बराहको प्रतिमा बनाएको क्षेत्र र प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्र तथा चतराधाम वारिपारि पर्छ । बीचबाट सप्तकोशी बगेको छ ।

    नगरपालिकाको पहाडी क्षेत्र अर्थात अग्लो भागमा पर्ने यो क्षेत्रबाट हेर्दा सुनकोशी, अरुण र तमोरको संगम स्थल त्रिवेणी लगायतका क्षेत्र पनि देखिन्छ । त्यसैले यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको ?पमा विकास गर्न बराहको प्रतिमा बनाएको उनको भनाइ छ ।बराहको प्रतिमा नजिकै झरना पनि रहेको छ । आन्तरिक पर्यटनको विकासका लागि पार्क बनाउने तयारीसमेत रहेको मेयर थापाले बताए । बराहको प्रतिमा बनाएको ठाउँ नजिक मैनामैनी मन्दिर समेत रहेको छ ।

    अनलाइनखबर

  • २३ श्रावण २०७८, शनिबार १९:१७ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश