७ वर्षको उमेरमा दिल्लीमा हराएका शोभाकान्त ३५ वर्षपछि भेटिएपछि….. – Dastabej

७ वर्षको उमेरमा दिल्लीमा हराएका शोभाकान्त ३५ वर्षपछि भेटिएपछि…..


  • दस्तावेज

  • वालिङ । आफ्ना बुवासँग उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आएका छन्। पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुवासँग गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा) लाई सामाजिक सञ्जालमार्फत काभ्रे बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि शुक्रबार परिवारले सम्पर्क गरेका हुन्। करिब ७ वर्षको उमेरमा बुवासँगै दिल्ली गएको बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको आमा हिमादेवी लामिछानेले बताइन्।‘बुवा–छोरा दुवै जना अलि सोझो खालको र काम लगाइदिएको ठाउँको ठेगाना, सम्पर्क नम्बर पनि नराखेकाले यस्तो समस्या आइपर्‍यो’, आमा हिमादेवीले भनिन्,‘आफ्नै कोखबाट जन्मेको जेठो छोरो बेपत्ता भएपछि कति पीडा भयो, कति रोएँ, कराएँ सीमा नै भएन।’ सानै उमेरमा बेपत्ता भएकाले पनि उसले यहाँको ठाउँको नाम भन्न नजानेको उनले बताइन्। ‘छोरो बेपत्ता भएपछि खोजबिनका लागि धेरै कसरत गर्‍यौँ, धेरै उपायहरु लगायौँ तर अत्तोपत्तो लागेन’ उनले भनिन्,‘साँझ बिहान भगवानलाई दियो बाल्दा पनि त्यही छोरालाई सम्झिन्थेँ, आज भगवानले  पुकार सुन्नुभयो।’
  • २४ श्रावण २०७८, आईतवार ०६:१५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु