राप्तीमा बगेको सपनाः पहिले जमिन्दार, अहिले सुकुम्बासी – Dastabej

राप्तीमा बगेको सपनाः पहिले जमिन्दार, अहिले सुकुम्बासी

करिव २५ किलो मिटर लम्बाई र तीन किलो मिटर पुर्बपश्चिमको बीचमा पर्ने सबै खेती योग्य जग्गा बगरमा परिणात भइरहेको छ ।


  • दस्तावेज

  • बाँके— यो वर्ष ठूलो वर्षा भएको छैन । त्यसैले राप्ती नदी तटीय क्षेत्रका सर्वसाधारणलाई बाढीको मार खेप्नु परेको छैन । तर, यसअघिको बाढीले दिएको पीडा त्यस क्षेत्रका सर्वसाधारणहरुले भुल्न सकेका छैनन् । अच्छाखासा जग्गाधनीहरु सुकुम्बासी बनेपछि पीढा भुल्ने कुरै भएन । राप्ती नदीले पीडालाई अझै पनि नरैनापुर गाउँपकिलाका हिसारतअली बेहना भुलेका छैनन् । ‘यही खेतमा ८०।९० क्विन्टल धान फल्थ्यो । हिउँदमा गँहु, मसुरो, तोरी प्रसस्त उत्पादन हुन्थ्यो । हामी किसान मालामाल थियौँ,’उनले भने,‘ती दिन हाल सपनाजस्तै भएका छन् । दुबै सिजनमा बाली हुने खेत कि मरुभुमी बनेका छन् कि नदी बगिरहेको छ । हामी किसान सुकुम्बासी बनेका छौँ ।’

    राप्तीले त्यहाँका किसानको दिन बिगारेको हो । एक दशक अघिसम्म त्यस क्षेत्रलाई अन्नको भण्डार मानिन्थ्यो । बेहना पनि त्यहाँको राम्रै किसानमा गनिन्थे । तर, उनको अढाई विगहा जग्गा कटान भएर नदीको भाँगलोमा परेको छ । ‘जग्गाका मालिक भनाउने हामी भोकभोकै पर्ने अवस्था आएको छ । हाम्रो हातमा केही बाँकी रहेन । अन्नको भण्डार मानिने हाम्रा खेत बगर बनिसके,’उनले भने । मटेहीयाकै बुकरे पासी, हसन बेहना, भुलन बेहना र अतिरजा बेहनालगायतका सयौँ किसानको अवस्था त्यस्तै छ । राप्ती नदीले उनीहरुको पुरानो दैनिकीमा आकासजमिनको अन्तर ल्याइ दिएको छ । त्यहाँका किसान जग्गाका मालिकबाट भूमिहिनमा झर्दै छन् । फत्तेपुरदेखि मटेहीयासम्मका सयौँ विगहा जग्गा डुबान, कटान र पटानमा पर्दै आएका छन् । ‘२ विगहा जग्गामा खेती गर्दा अन्न प्रसस्त हुन्थ्यो । केही बिक्री ग¥थ्यो अहिले मजदुरी गर्ने दिन आइसक्यो,’ स्थानीय भन्छन्,‘१० वर्षअघि नदी पश्चिम तर्फबाट बग्दासम्म ठिकै थियो ।’

    फत्तेपुरदेखि मटेहीया, कटकुईयासम्म पुर्ब तर्फको र होलियाको पश्चिम तर्फको दायाँबायाँका खेती योग्य जग्गा कटानमा परेका हुन । त्यस्तै, फत्तेपुर र सिधन्वादेखि उत्तर तर्फको सयौँ विगहा खेती जग्गा बगरमा परिणत भइसकेका छन् । भारतीय पक्षले राप्ती नदीमा एकतर्फीरुपमा लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध निर्माण गरेपछि कटान, पटानको समस्या बढेको हो । डेढ दशक अघि सीमामा निर्माण गरिएको भारतीय तटबन्धका कारण करिव २५ किलो मिटर लम्बाई र तीन किलो मिटर पुर्बपश्चिमको बीचमा पर्ने सबै खेती योग्य जग्गा बगरमा परिणात गरिसकेको स्थानीय बताउँछन् । ‘नदी बस्ती र खेततिर सार्दै बर्षेनी जग्गा कटान गरिरहेका छ र सयौ  विगहा खेत नदीमा मिसिएको छ,’ राप्तीपीडित भुलन भन्छन्,‘खेती गरेर सबैथोक पुग्थ्यो । हाल परिवार पाल्न मुस्किल भइसकेको छ ।’

    जिल्ला कृषि विकास कार्यालय, बाँकेका अनुसार राप्ती नदीका कारण तटीय क्षेत्रका किसान भूमिहिन बन्दै गएको जनाएको छ । गत ०७२ मा आएको बाढीले ४ हजार ५ सय ४१ हेक्टरमा लगाइएको बाली कटान, पटानमा परेको उल्लेख छ । खेती योग्य कम हुँदै गएपछि त्यस क्षेत्रलाई खाद्य संकट क्षेत्रका रुपमा घोषणा गर्न स्थानीयले माग गर्दै आएका छन् । बाँकेको पुर्बी दक्षिणमा पर्ने मटेहीया, सोनवर्षा, गंगापुरका स्थानीयको करिव १० हजार गिगहा बढी जग्गा राप्ती नदीले कटानर पटान गरेको स्थानीयको अनुमान छ । होलिया, रघुनाथपुर, सिम्राना र छिटैपुरवाका जग्गाधनिहरु भुमिहिन बनेका हुन । कटानकै कारण ती गाउँ पूर्णरुपमा विस्थापित भइसकेका छन् । राप्ती नदीले कटान र पटान गरेको जग्गाको यकिन तथ्यांक सरकारी निकायसंग छैन । जग्गा कटान र पटान रोक्नका लागि नदीको दायाँबायाँ पक्की तटबन्धको माग उठ्दै आएको छ । भारतीय पक्षले लक्ष्मणपुर बाँधदेखि सिधन्वासम्म दुबै तर्फ पक्की तटबन्ध गरिदिने आश्वासन दिंदै आएको छ ।

     

     

     

  • २४ श्रावण २०७८, आईतवार ०८:४४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान